आज काठमाडौं उपत्यकामा थपिए ४५ कोरोना संक्रमित « Khabarhub

आज काठमाडौं उपत्यकामा थपिए ४५ कोरोना संक्रमित


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा आज ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत काठमाडौं उपत्यकामा ४५ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा नयाँ थपिएका संक्रमित मध्ये काठमाडौंका ४१ जना, ललितपुरका २ जना भक्तपुरका २ जना रहेका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, काठमाडौंका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंमा ३ जना, स्टार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।

आज २७४ जना थपिएका छन् । बुधबार २१० जना थपिएका थिए । मंगलबार ३११ थपिएका थिए । सोमबार १३९ जना थपिएका थिए । यस्तै आइतबार १३० जना थपिएका थिए । आज ६ हजार ३०४ जनाको पीसीआर परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १४ हजार २४८ जना पुगेको छ । आज २२७ जना निको भएका छन् ।

बुधबार १४६ जना निको भएका थिए । मंगलबार १२१ सोमबार ६२६ जना निको भएका थिए । यस्तै आइतबार ७५ जना निको भएका थिए । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ५ : ०८ बजे

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी : १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

एजेन्सी– दक्षिण कोरिया को डेइजोन मा रहेको एक अटो पाट्र्स

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा