आज काठमाडौं उपत्यकामा थपिए ४५ कोरोना संक्रमित « Khabarhub

आज काठमाडौं उपत्यकामा थपिए ४५ कोरोना संक्रमित


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा आज ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत काठमाडौं उपत्यकामा ४५ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा नयाँ थपिएका संक्रमित मध्ये काठमाडौंका ४१ जना, ललितपुरका २ जना भक्तपुरका २ जना रहेका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, काठमाडौंका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंमा ३ जना, स्टार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।

आज २७४ जना थपिएका छन् । बुधबार २१० जना थपिएका थिए । मंगलबार ३११ थपिएका थिए । सोमबार १३९ जना थपिएका थिए । यस्तै आइतबार १३० जना थपिएका थिए । आज ६ हजार ३०४ जनाको पीसीआर परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १४ हजार २४८ जना पुगेको छ । आज २२७ जना निको भएका छन् ।

बुधबार १४६ जना निको भएका थिए । मंगलबार १२१ सोमबार ६२६ जना निको भएका थिए । यस्तै आइतबार ७५ जना निको भएका थिए । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ५ : ०८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा