भारतमा कोभिड १९ संङ्क्रमितको संख्या १५ लाख ८३ हजार नाघ्यो « Khabarhub

भारतमा कोभिड १९ संङ्क्रमितको संख्या १५ लाख ८३ हजार नाघ्यो


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख ८३ हजार नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार १२३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ८३ हजार ७९२ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७५ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार ९६८ जना पुगेको छ । सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये १० लाख २० हजार ५२८ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख २८ हजार २४२ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यको रुपमा रहेको छ । महाराष्ट्रमा बुधबार एकै दिनमा नौ हजार २११ व्यक्ति थप सङ्क्रमित भएका छन् भने एकै दिनमा २९८ जनाको मृत्यु भएको छ ।

महाराष्टमा कुल चार लाख ६५१ जना सङ्क्रमित अवस्थामा रहेका छन् भने दुई लाख ७५५ जना निको भएर घर फर्किएका छन् । हाल महाराष्ट्रमा एक लाख ४६ हजार १२९ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने । कोरोना सङ्क्रमणको कारण हालसम्म १४ हजार ४६३ व्यक्तिको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा दुई लाख ३४ हजार ११४ जनामा सङ्क्रमण भएको छ र राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा एक लाख ३२ हजार २७५ जना सङ्क्रमण भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ५ : १९ बजे

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ