अमेरिकामा थप ४२ हजारमा कोरोना संक्रमण, संक्रमित संख्या ६१ लाख नाघ्यो « Khabarhub

अमेरिकामा थप ४२ हजारमा कोरोना संक्रमण, संक्रमित संख्या ६१ लाख नाघ्यो


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार आइतबार ४२ हजार ८४३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६१ लाख ३९ हजार ७८ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ८ हजार ७९९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख ‍४३ हजार ४२४ जनामध्ये १६ हजार २५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ८६ हजार ८५५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९५४ जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ८६ हजार नाघेको हो ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ९ : ३३ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौँ– नेपाली कांग्रेसका नेता धनराज गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा

कांग्रेस १५ औँ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको