अमेरिकामा थप ४२ हजारमा कोरोना संक्रमण, संक्रमित संख्या ६१ लाख नाघ्यो « Khabarhub

अमेरिकामा थप ४२ हजारमा कोरोना संक्रमण, संक्रमित संख्या ६१ लाख नाघ्यो


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार आइतबार ४२ हजार ८४३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६१ लाख ३९ हजार ७८ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ८ हजार ७९९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख ‍४३ हजार ४२४ जनामध्ये १६ हजार २५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ८६ हजार ८५५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९५४ जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ८६ हजार नाघेको हो ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ९ : ३३ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती