स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुई जनाको मृत्यु


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान ४ बजेतिर वालिङ नगरपालिका-५ माझकोटस्थित वालिङ–चापाकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अरू २ जना घाइते भएका छन् ।

दुर्घटनामा चापाकोट नगरपालिका-९ बस्ने ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट नगरपालिका-१० बस्ने २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी होविन्द्र बोगटीले खबरहबलाई जानकारी दिए ।

उनीहरुको वालिङ प्राथामिक स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनामा चापाकोट नगरपालिका-९ बस्ने ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र २८ वर्षीया पवित्रा पोख्रेल गम्भीर घाइते भएका छन् । वालिङ प्राथमिक स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उनीहरुलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ८ : ४९ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र