स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

स्याङ्जामा एम्बुलेन्स दुर्घटना, दुई जनाको मृत्यु


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान ४ बजेतिर वालिङ नगरपालिका-५ माझकोटस्थित वालिङ–चापाकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अरू २ जना घाइते भएका छन् ।

दुर्घटनामा चापाकोट नगरपालिका-९ बस्ने ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट नगरपालिका-१० बस्ने २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी होविन्द्र बोगटीले खबरहबलाई जानकारी दिए ।

उनीहरुको वालिङ प्राथामिक स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनामा चापाकोट नगरपालिका-९ बस्ने ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र २८ वर्षीया पवित्रा पोख्रेल गम्भीर घाइते भएका छन् । वालिङ प्राथमिक स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उनीहरुलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ८ : ४९ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट