मधुमेहका बिरामीले केरा खान मिल्छ ? « Khabarhub

मधुमेहका बिरामीले केरा खान मिल्छ ?


१४ भदौ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुगर (मधुमेह) भएकाहरुले खानामा ध्यान दिनुपर्ने हुन्छ । खानामा गरिएको लापरबाहिले सुगर नियन्त्रित हुनुको सट्टा झनै अनियन्त्रित भएर जान्छ ।

यसले स्वास्थ्यमा गम्भीर समस्या देखा पर्दछ । यस्तोमा धेरै सुगरका बिरामीको चासो हुन्छ, केरा खान मिल्छ ?

साधारणतया केरा खाएमा सुगरका बिरामीलाई झन् समस्या हुने धारणा छ । तर यस रोगका बिरामीले केरा खानै हुदैन भन्ने चाहिँ हुदैन । थोरै मात्रामा केराको सेवन गरेमा यसले हानी होइन उल्टै फाइदा पुर्याउँछ ।

केरामा सोडियम, कोलेस्टेरोल र स्याच्युरेटेड चिल्लो कम मात्रा हुन्छ । त्यसैले हानी हुने सम्भावना कम हुन्छ । बरु केरामा शरीरलाई अत्यावश्यक पर्ने पोषक तत्व भिटामिन बी ६, पोटासियम र म्याग्निज पाउने गरिन्छ । त्यसैले सुगरका बिरामीहरुले केरा खान मिल्छ तर केरामा उच्च क्यालोरी हुने भएकाले यसको मात्रामा भने विचार पुर्याउनु पर्दछ ।

चिनी कममात्रा पाइने फलफूलमा स्याउ, नासपाती, एबोकाडो, सुन्तला पर्दछन् । तर मेवा र भुइँकटहरमा चिनीको मात्रा धेरै हुन्छ । केरामा केही मात्रा चिनी भएपनि यसलाई खादाँ सुगरका बिरामीलाई लाभ मिल्दछ । तर यसको मात्रा भने सिमित अर्थात थोरै हुनु पर्दछ । केरा खादाँ बदाम, गेडागुडीसँग खाए सुगरका बिरामीलाई फाइदा पुग्दछ ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  १० : ०५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल