मधुमेहका बिरामीले केरा खान मिल्छ ? « Khabarhub

मधुमेहका बिरामीले केरा खान मिल्छ ?


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुगर (मधुमेह) भएकाहरुले खानामा ध्यान दिनुपर्ने हुन्छ । खानामा गरिएको लापरबाहिले सुगर नियन्त्रित हुनुको सट्टा झनै अनियन्त्रित भएर जान्छ ।

यसले स्वास्थ्यमा गम्भीर समस्या देखा पर्दछ । यस्तोमा धेरै सुगरका बिरामीको चासो हुन्छ, केरा खान मिल्छ ?

साधारणतया केरा खाएमा सुगरका बिरामीलाई झन् समस्या हुने धारणा छ । तर यस रोगका बिरामीले केरा खानै हुदैन भन्ने चाहिँ हुदैन । थोरै मात्रामा केराको सेवन गरेमा यसले हानी होइन उल्टै फाइदा पुर्याउँछ ।

केरामा सोडियम, कोलेस्टेरोल र स्याच्युरेटेड चिल्लो कम मात्रा हुन्छ । त्यसैले हानी हुने सम्भावना कम हुन्छ । बरु केरामा शरीरलाई अत्यावश्यक पर्ने पोषक तत्व भिटामिन बी ६, पोटासियम र म्याग्निज पाउने गरिन्छ । त्यसैले सुगरका बिरामीहरुले केरा खान मिल्छ तर केरामा उच्च क्यालोरी हुने भएकाले यसको मात्रामा भने विचार पुर्याउनु पर्दछ ।

चिनी कममात्रा पाइने फलफूलमा स्याउ, नासपाती, एबोकाडो, सुन्तला पर्दछन् । तर मेवा र भुइँकटहरमा चिनीको मात्रा धेरै हुन्छ । केरामा केही मात्रा चिनी भएपनि यसलाई खादाँ सुगरका बिरामीलाई लाभ मिल्दछ । तर यसको मात्रा भने सिमित अर्थात थोरै हुनु पर्दछ । केरा खादाँ बदाम, गेडागुडीसँग खाए सुगरका बिरामीलाई फाइदा पुग्दछ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  १० : ०५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर