आज काठमाडौं उपत्यकामा थपिए ४२९ कोरोना संक्रमित « Khabarhub

आज काठमाडौं उपत्यकामा थपिए ४२९ कोरोना संक्रमित


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा ४२९ जना संक्रमित थपिएका छन् ।

यसअघि शनिबार (हिजो) काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १९ जना गरी जम्मा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा आइतबार थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।

आज थपिएका मध्ये ३४८ महिला र ८७३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ८२२ पुगेको छ । हालसम्म कूल संक्रमितमध्य ५४ प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ४ : २० बजे

स्ट्रेट अफ हर्मुजमा ट्याङ्कर र व्यवसायिक जहाजमाथि गोलाबारी

काठमाडौं- स्ट्रेट अफ हर्मुजमा रहेको तेल ट्याङ्कर र व्यवसायिक जहाजलाई

सिक्टा सिँचाइ आयोजना : २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

राँझा– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको

एक अर्ब ४७ करोड बढी राजस्व सकंलन

चितवन– गत आर्थिक वर्षमा भन्दा चालु आवमा एक अर्ब ४७

ट्रम्प धेरै बोल्छन् : इरानी उपविदेशमन्त्री

काठमाडौं- इरानी उपविदेशमन्त्री सइद खातिबजादेहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको निर्देशन, यी हुन् क्षेत्रहरू 

काठमाडौं– गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’