यी हुन् ५०० भन्दा बढी कोरोना संक्रमित रहेका ११ जिल्ला « Khabarhub

यी हुन् ५०० भन्दा बढी कोरोना संक्रमित रहेका ११ जिल्ला


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म ११ जिल्लामा ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।

आइतबारको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला

पर्सा
महोत्तरी
रौतहट
काठमाडौं
मोरङ
बारा
सर्लाही
धनुषा
ललितपुर
चितवन
रुपन्देही

यसैबीच, नेपालको ७७ जिल्लामध्ये हाल २ जिल्लामा कोरोना संक्रमणमुक्त भएका छन् । मुस्ताङ र हुम्लामा भएका सबै कोरोना संक्रमितहरु निको भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

आइतबार काठमाडौं उपत्यकामा थपिएका ४२९ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै सर्वाधिक हो ।

योसहित नेपालमा आज १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण २२१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २६७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै  संक्रमणमुक्त हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ५ : ०९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क