यी हुन् ५०० भन्दा बढी कोरोना संक्रमित रहेका ११ जिल्ला « Khabarhub

यी हुन् ५०० भन्दा बढी कोरोना संक्रमित रहेका ११ जिल्ला


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म ११ जिल्लामा ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।

आइतबारको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला

पर्सा
महोत्तरी
रौतहट
काठमाडौं
मोरङ
बारा
सर्लाही
धनुषा
ललितपुर
चितवन
रुपन्देही

यसैबीच, नेपालको ७७ जिल्लामध्ये हाल २ जिल्लामा कोरोना संक्रमणमुक्त भएका छन् । मुस्ताङ र हुम्लामा भएका सबै कोरोना संक्रमितहरु निको भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

आइतबार काठमाडौं उपत्यकामा थपिएका ४२९ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै सर्वाधिक हो ।

योसहित नेपालमा आज १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण २२१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २६७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै  संक्रमणमुक्त हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ५ : ०९ बजे

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : विशेष महाधिवेशन पक्षको बहिष्कार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्दैछ।

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत