होम डेलिभरी सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड बनाउन समिति गठन « Khabarhub

होम डेलिभरी सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड बनाउन समिति गठन


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड १९ को विषम परिस्थितिमा होम डेलिभरीलाई व्यवस्थित गर्नका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सरोकारवालासहित बैठक सम्पन्न भएको छ।

गत बिहीबार प्रहरी प्रशासनले सामान डेलिभरीमा समस्या उत्पन्न गरेपछि नेपाल इ कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राखेको थियो।

बैठकले डेलिभरी प्रणालीमार्फत सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड तत्कालै तयार गरी पेस गर्न सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौको सम्योजकत्वमा वाणिज्य विभाग, स्वास्थ्य कार्यालय र नेपाल प्रहरीका एक-एक जना अधिकृत प्रतिनिधिसहितको समिति गठन गर्ने निर्णय गरेको छ। सो समितिले ई कमर्स कम्पनीको तर्फबाट राय सुझाव लिएर निर्णय गर्ने समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए।

बैठकमा ई कमर्स कम्पनीको मागलाई सम्बोधन गर्न जिल्ला प्रसासन कार्यालय काठमाडौमा सम्पन्न बैठकमा ई कमर्स कम्पनी, बाणिज्य, स्वास्थ्य र सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति थियो।

नेपाल इ कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमका संयोजक सागर देव भट्टले होमडेलिभरीलाई बिहान ५ बजेदेखि बेलुकी ९ बजेसम्म निर्बाध सञ्चालन गर्न दिनुपर्ने र सो कामका कर्मचारी घर कार्यालय आउन जान बाधा नपुर्‍याउन आग्रह गरेको बताए।

स्वास्थ मन्त्रालयले बालबालिका र ५० वर्ष नाघेका व्यक्ति घर बाहिर ननिस्कन आग्रह गरिरहेको सन्दर्भमा कतिपय परिवारमा सोही समूहका व्यक्ति किनमेल गर्न निस्कन परेको अवस्थामा सबै उमेर समूहका व्यक्तिलाई घर बाहिर निस्कनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य होम डेलिभरिले गर्ने भट्टको तर्क छ।

साथै कन्ट्याक्ट् ट्रेसिङ गर्न सजिलो हुने, स्पष्ट मूल्य हुँदा कालोबजारी नहुने, ५ मिनेटभन्दा कम समयमा भौतिक दूरी कायम गरी डेलिभरी गरिने कारण ई कमर्स सुरक्षित रहने भट्ट बताउँछन्। उनले भने, “यो परिस्थितिमा ई कमर्स कम्पनीले बिजनेस बढाउन भन्दा भिडभाड कम गरि कोनोना नियन्त्रणमा जोड दिएको छ।”

यो विषम परिस्थितिमा उपभोक्ताको आवश्यकता पूर्ति र अर्थतन्त्र चलायमान बनाउन ई कमर्सको भूमिका महत्त्वपूर्ण रहने भट्टले बताए। मन्त्रिपरिषदको निर्णय बमोजिम अत्यावश्यक वस्तुको ढुवानीमा रोक नलगाउन आग्रह गरेको भट्टले बताए।

स्वास्थ्य सुरक्षा सावधानी अपनाएर गरिने होम डेलिभरी पसलहरुको भिडभाडभन्दा सुरक्षित हुने तर्क पठाओका सञ्चालक असिममान सिंह बस्न्यातले बैठकमा राखेका थिए। त्यस्तै ई कमर्सले डिजिटल भुक्तानीलाई प्राथमिकता दिने भएकाले नगद कारोबार कम भइ कोरोना सङ्क्रमणको जोखिम कम हुने बस्न्यातले बताए।

भदौ ११ गते बिना पूर्व सूचना इन्फिस्टोर, ग्यापु मार्केटप्लेस, युजी, फुडमाण्डु, भोजडिल, फुडमारियो, काठमाडौ अर्ग्यानिक, मेट्रो तकारी, सस्तो मेलालगायतका कम्पनीका सञ्चालक एवम् डेलिभरी कर्मचारी गरी ९९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ५ : १७ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र