चिकित्सक तथा स्वास्थ्यकर्मीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने « Khabarhub

चिकित्सक तथा स्वास्थ्यकर्मीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने बताएका हुन् ।

डा गौतमले कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीलाई क्वारेन्टिको व्यवस्थापन भने सम्बन्धित अस्पतालले गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘कोभिड १९ को व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीको लागि क्वारेन्टिनको व्यवस्था सम्बन्धित अस्पतालले गर्नेगरी सर्कुरल भइसकेको छ र यसका लागि लाग्ने खर्च अस्पतालहरुले स्वास्थ्य मन्त्रालयमा सोधभर्ना पाउनेछन् ।’

कुनैपनि अस्पतालले स्वास्थ्यकर्मीका लागि क्वारेन्टिन व्यवस्थापन नगर्ने मन्त्रालयलाई खबर गर्न पनि डा गौतमले आग्रह गरे ।

उनले कोरोना संक्रमितहरुले पहिलो पटक स्वाब संकलन गरेको १० दिन पछि पुनः परीक्षण गराउन पाउने र रिपोर्ट पोजेटिभ आएमा त्यसको ४ दिन अर्थात पहिलो पटक स्वाब दिएको १४ दिनमा पुनः परीक्षण गर्न नपर्ने पनि बताए ।

डा गौतमले कोरोना संक्रमित बिरामीहरुहरुलाई रेफर गर्दा रेफर गरिएको अस्पतालमा समन्वय गर्न पनि निर्देशन दिएका छन् ।

उनले स्वास्थ्यकर्मी समेत साथमा नदिइ रेफर गरिएको अस्पताललाई समन्वय नगर्दा बिरामीको बाटोमै मृत्यु भएमा त्यसको जिम्मेवारी रेफर गर्ने अस्पतालले लिनुपर्ने पनि बताए ।

डा गौतमले कोरोना संक्रमणबाट बच्न व्यक्ति स्वयं सचेत हुनुपर्ने बताए । उनले कोरोना संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले आफू र आफ्नो परिवारलाई बचाउन सचेत हुन आग्रह गरेका छन् ।

डा गौतमले कोरोना संक्रमतिको संख्या बढ्दै गएको र सरकारले सीमित स्रोत साधानबाट सम्भव भएसम्म नियन्त्रण र उपचारको प्रयास गरिरहेको पनि बताए ।

उनले एकजना कोरोना संक्रमित व्यक्तिले ३ हजार जनालाई समेत सार्न सक्ने समेत बताए । उनले कोरोना संक्रमति भाग्ने गरेको घटना दुखद भएको भन्दै उनले क्वारेन्टिन तथा आइसोलेसनमा रहेका संक्रमितलाई भाग्नुभन्दा पनि आफूलाई चित्त नबुझेको कुरा गुनासो गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ५ : ३३ बजे

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

एजेन्सी– न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र

बाग्मतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न अध्यक्ष लिङदेनको सिफारिस

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती सरकारमा सहभागी भएका आफ्नो

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

नारायणगढ– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा