चिकित्सक तथा स्वास्थ्यकर्मीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने « Khabarhub

चिकित्सक तथा स्वास्थ्यकर्मीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने बताएका हुन् ।

डा गौतमले कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीलाई क्वारेन्टिको व्यवस्थापन भने सम्बन्धित अस्पतालले गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘कोभिड १९ को व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीको लागि क्वारेन्टिनको व्यवस्था सम्बन्धित अस्पतालले गर्नेगरी सर्कुरल भइसकेको छ र यसका लागि लाग्ने खर्च अस्पतालहरुले स्वास्थ्य मन्त्रालयमा सोधभर्ना पाउनेछन् ।’

कुनैपनि अस्पतालले स्वास्थ्यकर्मीका लागि क्वारेन्टिन व्यवस्थापन नगर्ने मन्त्रालयलाई खबर गर्न पनि डा गौतमले आग्रह गरे ।

उनले कोरोना संक्रमितहरुले पहिलो पटक स्वाब संकलन गरेको १० दिन पछि पुनः परीक्षण गराउन पाउने र रिपोर्ट पोजेटिभ आएमा त्यसको ४ दिन अर्थात पहिलो पटक स्वाब दिएको १४ दिनमा पुनः परीक्षण गर्न नपर्ने पनि बताए ।

डा गौतमले कोरोना संक्रमित बिरामीहरुहरुलाई रेफर गर्दा रेफर गरिएको अस्पतालमा समन्वय गर्न पनि निर्देशन दिएका छन् ।

उनले स्वास्थ्यकर्मी समेत साथमा नदिइ रेफर गरिएको अस्पताललाई समन्वय नगर्दा बिरामीको बाटोमै मृत्यु भएमा त्यसको जिम्मेवारी रेफर गर्ने अस्पतालले लिनुपर्ने पनि बताए ।

डा गौतमले कोरोना संक्रमणबाट बच्न व्यक्ति स्वयं सचेत हुनुपर्ने बताए । उनले कोरोना संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले आफू र आफ्नो परिवारलाई बचाउन सचेत हुन आग्रह गरेका छन् ।

डा गौतमले कोरोना संक्रमतिको संख्या बढ्दै गएको र सरकारले सीमित स्रोत साधानबाट सम्भव भएसम्म नियन्त्रण र उपचारको प्रयास गरिरहेको पनि बताए ।

उनले एकजना कोरोना संक्रमित व्यक्तिले ३ हजार जनालाई समेत सार्न सक्ने समेत बताए । उनले कोरोना संक्रमति भाग्ने गरेको घटना दुखद भएको भन्दै उनले क्वारेन्टिन तथा आइसोलेसनमा रहेका संक्रमितलाई भाग्नुभन्दा पनि आफूलाई चित्त नबुझेको कुरा गुनासो गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ५ : ३३ बजे

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : विशेष महाधिवेशन पक्षको बहिष्कार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्दैछ।

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत