कोटेश्वर–जडिबुटी सडक विस्तार गरिने, यस्तो छ तयारी « Khabarhub

कोटेश्वर–जडिबुटी सडक विस्तार गरिने, यस्तो छ तयारी


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडिबुटीसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको छ ।

यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुनेछ । डिभिजन सडक कार्यालय काठमाडौंले गत महिनादेखि सडकका दुबैतर्फको निर्माणस्थल खाली गरिरहेको डिभिजन प्रमुख कुबेर नेपालीले बताए । सडक बनाउन अर्थ मन्त्रालयले बजेटको स्वीकृति दिइसकेको छ । उनले भने, “साइट क्लियर हुनासाथ ठेक्का प्रक्रियामा जानेछौँ ।”

देशभरका अधिकांश सडक निर्माणमा त्यहाँ रहेका पूर्वाधार हटाउँदै काम अघि बढाइएको छ । यहाँ भने सडकका संरचना हटिसकेपछि ठेक्का सम्झौता गरिनेछ । छ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिनेछ । उनले भने, “संरचना हटिसकेपछि त्यति समयमा निर्माण सकिनेछ ।” कोटेश्वरबाट जडिबुटितर्फ लाग्दा देब्रे (उत्तर) तर्फ एक लेन र दाहिने (दक्षिण) तर्फ दुई लेन थप्ने गरी निर्माणस्थल खाली भइरहेको छ । विमानस्थलको सुरक्षालाई ध्यान दिइएको छ । बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो ।

विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको हो । अहिले उत्तरतर्फको एउटा घरका कारण निर्माणस्थल खाली हुन नसक्ने देखिएकोले घरधनीसँग कुरा भईरहेको र सहमतिमा आएर जग्गा उपलब्ध गराउनेतर्फ प्रयास भईरहेको छ । सो सडक बनाउन केही साता भित्रै ठेक्का सम्झौता हुने प्रमुख नेपालीेले जानकारी दिए । दशैँ पहिले सम्झौता भए दशैँ–तिहार पछि निर्माण शुरु गर्ने तयारी छ । सडक निर्माणको केही समयमा भत्काउन नपरोस भनी सडकमा बिच्छयाउने संरचना पहिले नै राखिनेछ । यसका लागि विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायतका सेवा प्रदायक संस्थासँग समन्वय भइरहको छ । उनले भने, “उहाँहरु सबै संरचना जमिनमुनि राखेर सडक बनाउन सहमत हुनुहुन्छ ।”

सडक निर्माणसँगै सो स्थानमा अपाङ्गतामैत्री सहितको पैदलयात्रुमार्ग र हरीयाली क्षेत्र हुनेछ । त्यसपछि जडिबुटिबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडिबुटि हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन् । चोक नै पार गर्नुपर्दा केही समय रोकिएपनि चोक पार नगर्ने सवारी भने राकिने छैनन् । सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने योजना छ ।

सामान्य अवस्थामा यो सडकमा लामो समयसम्म जाम हुँदा यात्रु र सवारीचालक हैरान थिए । तीनकुनेबाट लोकन्थलीसम्म नै जाम हुँदा नागरिकलाई केही किमी यात्रा गर्न घण्टौँ लाग्ने गरेको थियो ।

अहिलेको सडक विस्तार अल्पकालीन समाधान भएपनि दीर्घकालीन रुपमा यसको समाधान ‘फ्लाई ओभर’ नै भएको सडक विभागले बताउँदै आएको छ । यी संरचना बन्न अझै केही वर्ष लाग्नेछ । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) ले सो स्थानमा ‘फ्लाई ओभर’ वा ‘अण्डर पास’ निर्माणका लागि अध्ययन गरिसकेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ७ : ०० बजे

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता सुरु

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी– मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक