साउदी अरबमा हवाई भाडा जुटाउन नसकेका १० नेपालीको उद्धार « Khabarhub

साउदी अरबमा हवाई भाडा जुटाउन नसकेका १० नेपालीको उद्धार



दोहा – कोरोना भाइरसको जोखिम बढेसँगै कतारमा रोजगारी गुमाएर अलपत्र परेका थप १० नेपालीको उद्धार गरिएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले साउदीस्थित नेपाली दूतावास रियाद र जेद्धास्थित महावाणिज्य दूतावास जेद्धाको अनुरोधमा बेखर्चीमा परी स्वदेश फर्कन हवाई टिकट खरिद गर्न नसकेका ६ जना नेपालीलाई हवाई टिकटसहित नेपाल पुगेर बस्नुपर्ने क्वारेन्टिन खर्च समेत उपलब्ध गराएको जनाएको छ ।

संघका अध्यक्ष तेज बहादुर थापाका अनुसार जेद्दाबाट स्वदेश फर्किने नरेन्द्र सर्बारिया र महेन्द्र हेम्ब्रुम साथै रियादबाट चुत्र बहादुर दमाई, दल बहादुर खड्का, सुनिता पहरी र भारती घर्तीलाई पनि टिकेट र क्वारेन्टिन खर्च दिएर स्वदेश फर्काइएको छ ।

यसअघि कोरोना महामारीकै अवधिमा एक महिलासहित अन्य ४ जनालाई पनि गैरआवासीय नेपाली संघ साउदीको आपतकालीन राहत कोषमार्फत हवाई भाडा उपलब्ध गराई स्वदेश फर्काइएको थियो ।

यी ४ जनामध्ये जिजान, अल्कासीम र पूर्वी क्षेत्र दम्मामबाट एक/ एक जना बेखर्ची तथा असक्त बिरामी परेका नेपाली सहयोग माग्न संघको सम्पर्कमा आएका थिए ।

अहिलेसम्म १० जना नेपालीलाई नि:शुल्क टिकटको व्यवस्था गरिएको र उनीहरुमध्ये ८ जना स्वदेश पुगिसकेका छन् भने बाँकी २ जना फर्किने तयारीमा रहेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १ : २८ बजे

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने