साउदी अरबमा हवाई भाडा जुटाउन नसकेका १० नेपालीको उद्धार « Khabarhub

साउदी अरबमा हवाई भाडा जुटाउन नसकेका १० नेपालीको उद्धार



दोहा – कोरोना भाइरसको जोखिम बढेसँगै कतारमा रोजगारी गुमाएर अलपत्र परेका थप १० नेपालीको उद्धार गरिएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले साउदीस्थित नेपाली दूतावास रियाद र जेद्धास्थित महावाणिज्य दूतावास जेद्धाको अनुरोधमा बेखर्चीमा परी स्वदेश फर्कन हवाई टिकट खरिद गर्न नसकेका ६ जना नेपालीलाई हवाई टिकटसहित नेपाल पुगेर बस्नुपर्ने क्वारेन्टिन खर्च समेत उपलब्ध गराएको जनाएको छ ।

संघका अध्यक्ष तेज बहादुर थापाका अनुसार जेद्दाबाट स्वदेश फर्किने नरेन्द्र सर्बारिया र महेन्द्र हेम्ब्रुम साथै रियादबाट चुत्र बहादुर दमाई, दल बहादुर खड्का, सुनिता पहरी र भारती घर्तीलाई पनि टिकेट र क्वारेन्टिन खर्च दिएर स्वदेश फर्काइएको छ ।

यसअघि कोरोना महामारीकै अवधिमा एक महिलासहित अन्य ४ जनालाई पनि गैरआवासीय नेपाली संघ साउदीको आपतकालीन राहत कोषमार्फत हवाई भाडा उपलब्ध गराई स्वदेश फर्काइएको थियो ।

यी ४ जनामध्ये जिजान, अल्कासीम र पूर्वी क्षेत्र दम्मामबाट एक/ एक जना बेखर्ची तथा असक्त बिरामी परेका नेपाली सहयोग माग्न संघको सम्पर्कमा आएका थिए ।

अहिलेसम्म १० जना नेपालीलाई नि:शुल्क टिकटको व्यवस्था गरिएको र उनीहरुमध्ये ८ जना स्वदेश पुगिसकेका छन् भने बाँकी २ जना फर्किने तयारीमा रहेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १ : २८ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग