स्वास्थ्यकर्मीले नै पाएनन् जोखिम भत्ता | Khabarhub Khabarhub

स्वास्थ्यकर्मीले नै पाएनन् जोखिम भत्ता


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न अग्रभागमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । जुम्लाको पातारासी गाउँपालिकाका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका हुन् ।

गाउँपालिकाको पटमारा स्वास्थ्य चौकीका इन्चार्ज बुढाका अनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारले कोरोना महामारीमा जोखिम भत्ता दिन्छौँ भनेर हौस्याएर काममा खटाएको तर अहिलेसम्म जोखिम भत्ता उपलब्ध गराउने विषय कुनै चासो नदेखाएको बताए ।

यस गाउँपालिकाअन्तर्गत चारवटा स्वास्थ्य चौकीका ४२ स्वास्थ्यकर्मी र ६७ महिला स्वयंसेविका कोरोना महामारीमा आफ्नो ज्यान जोखिममा राखेर खटिए पनि जोखिम भत्ता उपलब्ध नभएको इन्चार्ज बुढाले बताए ।

कोरोना माहामारी रोकथाम तथा नियन्त्रणमा खटिएबापत प्रतिमहिला स्वयंसेविका एकमुष्ट रु एक हजार ५०० उपलब्ध गराउने गाउँपालिकाले निर्णय गरेको थियो तर अहिलेसम्म उपलब्ध नभएको उनको भनाइ छ ।

क्वारेन्टिन र हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिए पनि फिभर क्लिनिक र अन्य स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नभएको उनले बताउ । गाउँघर क्लिनिक भत्ता, फिल्ड भत्ता र हजाड भत्ताबाट स्वास्थ्यकर्मी वञ्चित गरिएको गुनासो गरेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ११ : ५९ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड