आज हुने भनिएको ओली-प्रचण्ड बैठक स्थगित « Khabarhub

आज हुने भनिएको ओली-प्रचण्ड बैठक स्थगित


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ । मन्त्रिमण्डल पुनर्गठनको विषयमा छलफल गर्न आज अध्यक्षद्वयबीच बैठक आह्वान गरिएको थियो ।

भागबण्डाको विषयमा कुरा नमिल्दा थप गृहकार्यका लागि बैठक स्थगित भएको स्रोतले जनाएको छ । मन्त्रिमण्डल पुनर्गठनका लागि अध्यक्षद्वयका आ-आफ्नै अडान छन् । ओलीले मन्त्रालय फुटाएर मन्त्रिमण्डल गठन गर्ने अडान कायम राखेका छन् भने प्रचण्ड भने सेट नै परिवर्तन गरेर नयाँलाई पालो दिनुपर्ने पक्षमा छन् ।

त्यस्तै नेकपाका उपाध्यक्ष समेत राष्ट्रिय सभा सदस्य वामदेव गौतमका विषयमा भने सर्वोच्चले नै निर्णय गर्ने भएको छ । प्रतिनिधि सभामा पराजित गौतमलाई राष्ट्रिय सभामा मनोनित गरिएसँगै सर्वोच्चले काम गर्न नदिनु भन्ने आदेश यस अघि नै जारी गरिसकेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १२ : ४१ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन