आज हुने भनिएको ओली-प्रचण्ड बैठक स्थगित « Khabarhub

आज हुने भनिएको ओली-प्रचण्ड बैठक स्थगित


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ । मन्त्रिमण्डल पुनर्गठनको विषयमा छलफल गर्न आज अध्यक्षद्वयबीच बैठक आह्वान गरिएको थियो ।

भागबण्डाको विषयमा कुरा नमिल्दा थप गृहकार्यका लागि बैठक स्थगित भएको स्रोतले जनाएको छ । मन्त्रिमण्डल पुनर्गठनका लागि अध्यक्षद्वयका आ-आफ्नै अडान छन् । ओलीले मन्त्रालय फुटाएर मन्त्रिमण्डल गठन गर्ने अडान कायम राखेका छन् भने प्रचण्ड भने सेट नै परिवर्तन गरेर नयाँलाई पालो दिनुपर्ने पक्षमा छन् ।

त्यस्तै नेकपाका उपाध्यक्ष समेत राष्ट्रिय सभा सदस्य वामदेव गौतमका विषयमा भने सर्वोच्चले नै निर्णय गर्ने भएको छ । प्रतिनिधि सभामा पराजित गौतमलाई राष्ट्रिय सभामा मनोनित गरिएसँगै सर्वोच्चले काम गर्न नदिनु भन्ने आदेश यस अघि नै जारी गरिसकेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १२ : ४१ बजे

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान