पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै « Khabarhub

पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् ।

स्याङ्जाको वालिङ–१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरबासै उठेको थियो । पहिराले परिवारका नौ सदस्यसहित बासै उठाएपछि विचल्लीमा परेको उक्त परिवारका बाँकी सदस्यले अहिले नजिकैको विद्यालयमा बसेर काजक्रिया गरिरहेका छन् ।

पहिरोमा परी ज्यान गुमाएकी माया नेपालीका माइला छोरा भोजराज नेपाली रोजगारीको सिलसिलामा भारतमा रहेको र घरमा घटना भएपछि आएर नजिकैको फूलबारी आधारभूत विद्यालय जिमिरेमा बसेर काजक्रिया गरिरहेका स्थानीयवासी टीकाराम लुइँटेलले बताए ।

माइला छोरा भोजराज पूरै क्रियामा सहभागी छन् भने जेठी छोरी शोभा नेपाली र कान्छी छोरी मनिषा नेपाली ठाडो क्रियामा बस्दै आएका छन् ।

“पहिरोले हामी बस्दै आएको बास त उठायो–उठायो सँगै परिवारका अन्य सदस्यलाई पनि लग्यो”, मनिषाले भनिन्, “दिदीको विहे भएकाले आफ्नो घरमा हुनुहुन्थ्यो, दाइ विदेशमा हुनुहुन्थ्यो, घरमै बसेकामध्ये म मात्रै बाँचेकी हुँ ।”

बस्दै आएको घरको नाम निशान केही नभएकाले तत्कालका लागि नजिकैको विद्यालयमा आश्रय लिएर बसेको र त्यहीँ नै काजक्रिया गरिएको मनिषाले बताइन ।

“घरमाथि पट्टिको डाँडो चर्किएकाले जतिबेला पनि खस्न सक्ने भएकाले हामी पानी परेको रातको समयमा छिमेकीकोमा बस्न जान्थ्यौँ”, मनिषाले भनिन्, “त्यो राति पनि मैले छिमेकीकोमा जान अनुरोध गरेँ तर दाजुहरुले मान्नुभएन बिहान पख सबैलाई पुर्‍यो, म उठेर बाहिर निस्कन लाग्दा मलाई नि ढोकैमा शरीरको केही भागसम्म पुर्‍यो।”

घाइते अवस्थामा उद्धार गरिएकी मनिषा पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारपश्चात घर फर्किएकी हुन् । मनिषाको सम्पूर्ण खर्चको व्यवस्था वालिङ नगरपालिकाले गर्ने बैठकले निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाणले बताए ।

नगरपालिकाले विपद्को घटनामा परी कुनै व्यक्तिको मृत्यु भएमा प्रति मृतक रु १० हजार परिवारलाई उपलब्ध गराउने, घर पूर्णरुपमा क्षति भएमा रु १० हजार, खाद्यान्न बाली जग्गा जमिन नष्ट भएमा रु पाँच हजार, घर आंशिकरुपमा क्षति भएमा रु सात हजार, गोठ नष्ट भएमा रु पाँच हजार, घटनामा परी घाइते हुनेलाई उपचारका लागि अस्पताल जान आउन यातायात खर्चवापत रु तीन हजार र विपद्का कारण दुहुनो गाईभैँसी मरेमा प्रति पशु रु आठ हजार र दूध दिनयोग्य गाईभैँसी भएमा रु पाँच हजार, खसी बोका र माउ बाख्रा भएमा रु ती हजार राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ४ : १५ बजे

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी