पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै | Khabarhub Khabarhub

पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् ।

स्याङ्जाको वालिङ–१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरबासै उठेको थियो । पहिराले परिवारका नौ सदस्यसहित बासै उठाएपछि विचल्लीमा परेको उक्त परिवारका बाँकी सदस्यले अहिले नजिकैको विद्यालयमा बसेर काजक्रिया गरिरहेका छन् ।

पहिरोमा परी ज्यान गुमाएकी माया नेपालीका माइला छोरा भोजराज नेपाली रोजगारीको सिलसिलामा भारतमा रहेको र घरमा घटना भएपछि आएर नजिकैको फूलबारी आधारभूत विद्यालय जिमिरेमा बसेर काजक्रिया गरिरहेका स्थानीयवासी टीकाराम लुइँटेलले बताए ।

माइला छोरा भोजराज पूरै क्रियामा सहभागी छन् भने जेठी छोरी शोभा नेपाली र कान्छी छोरी मनिषा नेपाली ठाडो क्रियामा बस्दै आएका छन् ।

“पहिरोले हामी बस्दै आएको बास त उठायो–उठायो सँगै परिवारका अन्य सदस्यलाई पनि लग्यो”, मनिषाले भनिन्, “दिदीको विहे भएकाले आफ्नो घरमा हुनुहुन्थ्यो, दाइ विदेशमा हुनुहुन्थ्यो, घरमै बसेकामध्ये म मात्रै बाँचेकी हुँ ।”

बस्दै आएको घरको नाम निशान केही नभएकाले तत्कालका लागि नजिकैको विद्यालयमा आश्रय लिएर बसेको र त्यहीँ नै काजक्रिया गरिएको मनिषाले बताइन ।

“घरमाथि पट्टिको डाँडो चर्किएकाले जतिबेला पनि खस्न सक्ने भएकाले हामी पानी परेको रातको समयमा छिमेकीकोमा बस्न जान्थ्यौँ”, मनिषाले भनिन्, “त्यो राति पनि मैले छिमेकीकोमा जान अनुरोध गरेँ तर दाजुहरुले मान्नुभएन बिहान पख सबैलाई पुर्‍यो, म उठेर बाहिर निस्कन लाग्दा मलाई नि ढोकैमा शरीरको केही भागसम्म पुर्‍यो।”

घाइते अवस्थामा उद्धार गरिएकी मनिषा पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारपश्चात घर फर्किएकी हुन् । मनिषाको सम्पूर्ण खर्चको व्यवस्था वालिङ नगरपालिकाले गर्ने बैठकले निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाणले बताए ।

नगरपालिकाले विपद्को घटनामा परी कुनै व्यक्तिको मृत्यु भएमा प्रति मृतक रु १० हजार परिवारलाई उपलब्ध गराउने, घर पूर्णरुपमा क्षति भएमा रु १० हजार, खाद्यान्न बाली जग्गा जमिन नष्ट भएमा रु पाँच हजार, घर आंशिकरुपमा क्षति भएमा रु सात हजार, गोठ नष्ट भएमा रु पाँच हजार, घटनामा परी घाइते हुनेलाई उपचारका लागि अस्पताल जान आउन यातायात खर्चवापत रु तीन हजार र विपद्का कारण दुहुनो गाईभैँसी मरेमा प्रति पशु रु आठ हजार र दूध दिनयोग्य गाईभैँसी भएमा रु पाँच हजार, खसी बोका र माउ बाख्रा भएमा रु ती हजार राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ४ : १५ बजे

तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला 

काठमाडौं– सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा

अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीमा संलग्न दुईजना थाइल्याण्डबाट पक्राउ

एजेन्सी– थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शंका लागेका दुईजनालाई

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड