महानगरको गल्ली गल्ली घुम्दै नगरप्रहरी « Khabarhub

महानगरको गल्ली गल्ली घुम्दै नगरप्रहरी


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपर- ललितपुर महानगरपालिकाका नगर प्रहरीलेसाइकल गस्ती सुरु गरेका छन् । साइकल गस्तीको बुधबारदेखि औपचारिक रुपमा शुरुवात गरिएको हो ।

साइकल लिएर महानगरको गल्ली, टोल र चोकमा पुगेका नगरप्रहरीले महानगरभित्रको फुटपाथ अतिक्रमणलाई रोक्न सुरु गरेका छन् । बिग्रेको सडक, फुटेको ढलको बारेमा रिपोर्टिङ गर्छन् । त्यसैगरी सहरको सरसफाईलाई समेत उनीहरुले प्राथमिकतामा राखेका छन् ।

ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले जनतालाई सेवा दिन महानगरपालिकाले साइकल गस्तीको अवधारणा अघि सारेको बताइन् । ललितपुरलाई साइकल सहर बनाउने योजना अन्तर्गत साइकललाई प्राथमिकता दिएको उनको भनाई थियो ।

ललितपुर महानगरको नगरप्रहरीप्रमुख सीताराम हाछेथुले महानगरभित्रको गल्ती, टोल टोलमा छिटै र सजिलो होस् भनेर साइकल मार्फत गस्ती सुरु गरेको बताए । उनले साइकल गस्तीमा मद्दतले नगरवासीलाई सहजिलो हुने बताए ।

हाल महानगरले नगरप्रहरीलाई १० वटा साइकल प्रदान गरेको छ । साइकल चढेका १० नगरप्रहरी एकैसाथ महानगरको भित्री क्षेत्र, चक्रपथ महानगरबाहिरको वडाहरुमा समेत पुग्ने छन् । साइकल गस्तीको टोलीसँग भिडियो खिच्ने र फोटो खिच्ने क्यामेरा समेत हुन्छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ६ : ४१ बजे

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९