कोरोना सङ्क्रमित महिलाको मृत्यु | Khabarhub Khabarhub

कोरोना सङ्क्रमित महिलाको मृत्यु


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेमा कोरोना सङ्क्रणका कारण आज थप एक जनाको ज्यान गएको छ ।

जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रले नेपालगन्ज उपमहानगरपालिका—१ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि ती महिला यही असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको त्यसै दिन कोरोना परीक्षणका लागि स्वाव सङ्कलन गरिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोभिड आइसोलेसन वार्डमा सारिएको थियो ।

उनको उपचारकै क्रममा आज दिउँसो मृत्यु भएको केन्द्रले जनाएको छ । योसँगै बाँकेमा कोरानाबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ९ : ०१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर