तलब नपाएपछि शिक्षक आन्दोलित | Khabarhub Khabarhub

तलब नपाएपछि शिक्षक आन्दोलित


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- लामो समयदेखि तलब नपाएपछि बैतडीका शिक्षक आन्दोलित भएका छन् ।

बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् ।

निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब निकासा गर्न माग गरिएको समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिए ।

उनले भने, ‘लामो समयदेखि तलब नै नपाएपछि आन्दोलनमा उत्रिन बाध्य भएका छौँ ।’

विसं २०७६ चैतदेखिको तलब निकासा हुनुपर्ने, सिगास स्वयंसेवक शिक्षक कार्यविधि, २०७५ लागू हुनुपर्ने, दशैँ भत्ता, पोसाक भत्तालगायतका सुविधा आफूहरुलाई पनि उपलब्ध गराउनुपर्ने, श्रम ऐनअनुसार तलब भत्ताको व्यवस्था गर्नुपर्ने र शिक्षक सिकाइ अनुदान कोटामा कार्यरत शिक्षकको तलबभत्ता निकास गर्नुपर्ने उनीहरुको माग रहेको छ  ।

गाउँपालिकाले २४ घण्टाभित्र आफूहरुका मागका विषयमा सुनुवाइ नगरे आन्दोलनमा जाने समितिले चेतावनीसमेत दिएको छ ।

पटकपटक तलबभत्ताका विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउँदासमेत केही चासो नदिएको भन्दै शिक्षक रुष्ट भएका छन् ।

सिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा १९१ निजी स्रोतका शिक्षक कार्यरत छन् ।

कोरोना भाइरसको महामारीका बीच पनि तलब निकासा नहुँदा धेरै समस्या भएको उनीहरुले बताएका छन् ।

उता गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले राजस्व बाँटफाँड शीर्षकमा रकम निकासा नभएकाले निजी स्रोतका शिक्षकलाई तलब खुवाउन नसकिएको बताए ।

निजी स्रोतका शिक्षकलाई तलब खुवाउनका लागि सोही शीर्षकबाट तलब दिने गरेकाले रकम निकासा नहुँदा समस्या भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ९ : १० बजे

राजावादीले मोर्चा कस्दा झस्किए गणतन्त्रवादी, नसुध्रिए अराजकता र संकटतिर जान सक्छ देश

काठमाडौं– पछिल्लो समय राजावादी पार्टीहरू पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा सक्रिय

पूर्वराजाको आजको र्‍याली किन ‘माग्ने राजा’ फिल्मका लागि खिचियो ?

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आउँदा त्रिभुवन

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन 

काठमाडौं– नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना

आजका समाचार : राजावादीको शक्ति प्रदर्शन, कुलमानले छाडेनन् अडान र इजरायल-हमास दोस्रो चरणको युद्धविराम वार्ता हुने

ज्ञानेन्द्र शाहबारे प्रधानमन्त्री- राष्ट्रपति हुँदाहुँदै नारायणहिटीको कुर्सीमा राख्दैमा कोही राजा

मुम्बइमा पानीको ट्याङ्की सफा गर्दा निसास्सिएर चार जनाको मृत्यु

मुम्बइ – भारतको मुम्बइको नागपाडा क्षेत्रमा आइतबार निसास्सिएर चार मजदुरको