प्रधानमन्त्री केपी शर्मा ओलीले बनाए टिकटक एकाउन्ट « Khabarhub

प्रधानमन्त्री केपी शर्मा ओलीले बनाए टिकटक एकाउन्ट


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जाल क्रेज बढेको छ । फेसबुक र ट्वीटर चलाउने ओलीले अर्को विश्वभर लोकप्रिय बनेको मोवाइल एप टिकटकको पनि एकाउन्ट खोलेका छन्।

पछिल्लो समय विश्‍वभर लोकप्रिय बनेको भिडियो सेयरिङ एप टिकटकमा आइतबार प्रधानमन्त्रीको एकाउन्ट खोलिएको हो।

आइतबार बनाइएको उनको टिकटक एकाउन्ट भेरिफाइड भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट खोल्नेबारे छलफल भए पनि खोलेको जानकारी नभएको बताए। उनले यसबारे आफूलाई धेरै थाहा नभएको भन्दै प्राविधिक सल्लाहकारहरुलाई थाहा हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ।

‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्‍व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ। सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ’, पहिलो टिकटक भिडियो सन्देशमा भनिएको छ।

एउटा मात्रै भिडियो अपलोड गरिए पनि फलोअर्सहरु एकै दिन बढेका छन्। उक्त भिडियो एक लाखले हेरिसकेका छन् भने १ सय ५२ कमेन्ट र ७ हजार बढी लाइक गरेका छन्। यसलाई एक सय बढीले सेयर पनि गरेका छन्।

भारत र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागिरहेका बेला नेपालमा प्रधानमन्त्रीले नै एकाउन्ट खोलेर भिडियो सेयर गर्न थालेका हुन्।

@kpsharmaoli_officialWe are working on service integration #digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १ : ५२ बजे

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।