४३३ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा : स्वास्थ्य मन्त्रालय « Khabarhub

४३३ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा : स्वास्थ्य मन्त्रालय


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४३३ जना कोरोना संक्रमितको देशका विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ५८ जना भेन्टिलेटरमा र ३ सय ७५ जना संक्रमित आईसीयूमा उपचाररत छन्।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५९ रहेको छ भने ३५ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी लुम्बिनी प्रदेशमा ७२ जना आईसीयू र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आईसीयू र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ४ आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९४ आईसीयू र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आईसीयू उपचाररत रहेका छन्।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : २५ बजे

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका