स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुँदैन : अर्थमन्त्री पौडेल (भिडियोसहित) « Khabarhub

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुँदैन : अर्थमन्त्री पौडेल (भिडियोसहित)


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कुनै कमी नहुने बताएका छन् ।

ललितपुरको गोदावरी नगरपालिकमा बज्रबाराही चापागाउँ अस्पतालको १५ शैया भवनको शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालले ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको जानकारी दिए ।

उनले स्वस्थसँग बाँच्न पाउनुपर्ने संविधानको मौलिक हकअनुसार स्थानीय तहमा सुविधा सम्पन्न पूर्वाधार, डाक्टर, स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरणको उपलब्धताका लागि महाअभियानका रुपमा एकसाथ आधारभूत अस्पताल निर्माण थालिएको बताए ।

अर्थमन्त्री पौडेलले १८ करोड रुपैयाँको सीमामा रहेर १५ शय्याको अस्पताल निर्माण गर्न सकिने भन्दै पूर्वनिर्धारित समय दुई वर्षअघि नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम गर्न सबैसित आग्रह गरे ।

उनले अस्पताल निर्माण गर्दा लागत, गुणस्तरीयता र समयमा काम सक्ने कुरालाई विशेष ध्यान दिन समेत आग्रह गरे ।

अर्थ मन्त्रालयले एक हप्ताअघि ५, १० र १५ शय्याका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सक्ने गरी वहुवर्षीय ठेक्का प्रकृया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको थियो ।

अर्थ मन्त्रालयले स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ ।

यसैगरी सातवटा प्रदेशमा सरुवा रोग नियन्त्रणका लागि ५०-५० शय्याका अस्पताल निर्माणको प्रारम्भिक कार्य अघि बढाउन ५६ करोड रुपैयाँको व्यवस्था गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

‘अस्पताल निर्माणको कार्य अघि बढ्दै जाँदा थप बजेटको निकासा हुन्छ,’ अर्थमन्त्रीले पौडेलले भने, ‘अस्पताल निर्माणमा बजेटको अभाव हुँदैन ।’

हेरौँ भिडियो

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ६ : ५३ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख