कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिन र नोटसहित तीन पक्राउ « Khabarhub

कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिन र नोटसहित तीन पक्राउ


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने भारतीय नागरिक रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दीपक नाथ छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनीहरुलाई आज सार्वजनिक गरेको हो । उनहरुको साथबाट नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्ने मेसिनसहित कागजात समेत बरामद भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।

“अभियुक्तहरुले ग्रामीण भेग, वृद्ध तथा बालबालिकाहरु रहेको पसलमा गई नक्कली नोटले सामान खरिद गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी उपरीक्षक मरासिनीले भने, “भारतीय नागरिक शर्मा र बम (श्रीमान्–श्रीमती) यहाँ डेरा गरी उक्त अवैध गतिविधिमा संलग्न रहँदै आएको देखिएको छ ।”

उनका अनुसार दुवै जनालाई मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

नाथ भने नक्कली नोट लिएर अरुण शाहको पसलमा सामान किन्न जाँदा पक्राउ परेका हुन् । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यो पनि पढौँ

कञ्चनपुरमा नक्कली नोटसहित नाथ पक्राउ 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ७ : २९ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री