कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिन र नोटसहित तीन पक्राउ « Khabarhub

कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिन र नोटसहित तीन पक्राउ


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने भारतीय नागरिक रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दीपक नाथ छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनीहरुलाई आज सार्वजनिक गरेको हो । उनहरुको साथबाट नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्ने मेसिनसहित कागजात समेत बरामद भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।

“अभियुक्तहरुले ग्रामीण भेग, वृद्ध तथा बालबालिकाहरु रहेको पसलमा गई नक्कली नोटले सामान खरिद गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी उपरीक्षक मरासिनीले भने, “भारतीय नागरिक शर्मा र बम (श्रीमान्–श्रीमती) यहाँ डेरा गरी उक्त अवैध गतिविधिमा संलग्न रहँदै आएको देखिएको छ ।”

उनका अनुसार दुवै जनालाई मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

नाथ भने नक्कली नोट लिएर अरुण शाहको पसलमा सामान किन्न जाँदा पक्राउ परेका हुन् । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यो पनि पढौँ

कञ्चनपुरमा नक्कली नोटसहित नाथ पक्राउ 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ७ : २९ बजे

देशभरका अदालतमा धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी