यी कुरा गोप्य राख्नुहोस्, नत्र तपाईंलाई नै हुन्छ हानी « Khabarhub

यी कुरा गोप्य राख्नुहोस्, नत्र तपाईंलाई नै हुन्छ हानी


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामी मन मिलेको मानिस वा साथीलाई आफ्ना बारेमा सबैकुरा खुलस्त भन्दछौ । मानिस आफूलाई खुला हृदयको देखाउन सबै कुरा साथीहरुमाझ सार्वजनिक गर्दछन् । तर कतिपय अवस्थामा केही कुराहरु जति नै हितैषि भए पनि नबताउनु उपयुक्त हुन्छ ।

मानिसको जीवनमा केही गोप्य कुरा हुन्छन्, जो आफ्ना निकटका साथीभाइ वा आफन्तलाई समेत बताउनु हुँदैन । कतिपय कुरा श्रीमान/श्रीमती वा आमा–बुवासँग समेत भन्न नहुने पनि हुन्छन् । साथिभाइ त आमा–बुवा र श्रीमान/श्रीमतीभन्दा टाढाको बिषय हो । तसर्थ आज हामी मानिसले गोप्य राख्नु पर्ने ४ कुराबारे चर्चा गर्दैछौ :

गोप्य राख्नुपर्ने कुरा

१. श्रीमान् श्रीमतीबीचको विवाद, मायाका कुरा, मतभेद वा यौनका कुरा साथिभाईलाई बताउनु हुँदैन । यदि यी कुरा मन मिलेको भन्दै साथीभाइलाई सुनाउनु भयो भने भोलीका दिनमा ती साथीसँग मनमुटाव भए उसले बदला लिन यसलाई सार्वजनिक गर्न सक्छन् । तसर्थ श्रीमान श्रीमतीबीचका कुरा सकेसम्म कसैलाई भन्नु हुदैँन ।

२. आजको व्यावसायिक युगमा धेरैले व्यवसाय चलाउन व्यक्ति वा बैंकसँग ऋण लिन्छौ । तर आफूले लिएको ऋण वा आफूलाई परेको आर्थिक समस्याका बारेमा कसैलाई पनि भन्नु हुदैँन । तपाईं आफुले लिएको ऋणबारे वा आफ्ना ऋणीबारे अरुसँग कुरा गर्नु भएमा तपाईं ऋण डुब्नु भएको ठानी उनीहरुबाट हुनसक्ने सहयोग बन्द हुन्छ । साथै तपाईंको प्रभावसमेत ती ब्यक्तिहरु माझ घट्दै जान्छ ।

३. आजकल धेरै मानिसमा आफुले गरेको सहयोगलाई प्रचार गर्ने बानी छ । सहयोग गरेर यसलाई सार्वजनिक वा प्रचार गर्नु राम्रो हुदैँन । तपाईंले गरेको काम, सहयोग, मानव धर्म वा पुण्य अरुले चर्चा गरुन् तर आफैले आफूले गरेका सहयोग, दान वा उद्धारका कुरा प्रचार गर्नु राम्रो हुदैँन । तसर्थ यस्ता कुरा गोप्य राख्नु नै उत्तम हुन्छ ।

४. कुनै संर्घषपछिको प्राप्ती वा सामान्यभन्दा ठुलो पदमा पुगेपछि मानिसमा अहंकार आउन सक्छ । उ आफूलाई सबैले मानुन् भन्दै आफू को हुँ भनेर हिड्न थाल्दछ । तर मानिसको पछाडी तपाईंको मापन गर्ने सयौं हुन्छन् । तसर्थ आफ्नो पद वा क्षमताको बारेमा सबैलाई भन्नु भन्दा समय आउँदा प्रर्दशन गर्नेगरी गोप्य राख्नु पर्दछ । तर यसको मतलब तपाईंको कला, सिर्जना वा रचना लुकाउनु होस् भन्ने चाहिँ होइन ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : ३५ बजे

उद्योगमन्त्रीले भनिन्- हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद, अब सरकारले चलाउँछ

बागमती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक

कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने

काठमाडौं – कान्स चलचित्र महोत्सवमा दोस्रो महत्त्वपूर्ण प्रतिस्पर्धामा ‘अन सर्टेन

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान

रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग

१५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप आयोजना हुने

काठमाडौं– काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर