अनुहार र छालाको चमक बढाउने घरेलु ८ टिप्स « Khabarhub

अनुहार र छालाको चमक बढाउने घरेलु ८ टिप्स


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दर बन्न हामी बिभिन्न थरीका मेकअपको प्रयोग गर्दछौ । तर सधै सुन्दर र जवान देखिनका लागि स्वास्थ्य जीवनशैली आवश्यक हुन्छ ।

शारीरिक रुपमा स्वास्थ्य र तन्दुरुस्त भइयो भने त्यसको प्रभाव अनुहार, छाला, कपालमा समेत देखिन्छ । आज हामी सुन्दर देखिने केही घरेलु टिप्स बारे चर्चा गर्नेछौ :

१. पुदिनाको रसमा चन्दन, गुलाबजल मिलाएर मिश्रण बनाई अनुहारमा लगाएर १५ मिनेटसम्म राख्ने र त्यसपछि धोएमा यसले दाग हटेर अनुहारमा चमक आउँछ ।

२. मह र चियाको पानीको मिश्रणलाई अनुहारमा प्रयोग गरे अनुहार चम्किलो हुन्छ ।

३. सुन्तला र दहीको लेप वनाएर अनुहारमा प्रयोग गरे गोरोपन बढ्दछ ।

४. वेसार, वेसन र दुधको मिश्रण वनाएर अनुहारमा १० मिनेटसम्म लगाई आइस फेसियल गरेमा अनुहारको सुन्दरता बढ्दछ ।

५. २ चम्चा सोयाविन आटा, एक ठूलो चम्चा दही र मह मिसाइ बनको मिश्रणलाई १५ मिनेट अनुहारमा लगाएर सफा गरेमा अनुहार सुन्दर देखिन्छ ।

६. काँचो दुधमा बेसन, केही थोपा कागतीको रस र थोरै बेसारको मिश्रण बनाई बनेको लेप शरीरको छालामा दलेमा छाला मुलायम र सुन्दर देखिन्छ ।

७. पिसेको ताजा अमलामा दुध हालेर त्यसमा आधा चम्चा गुलाबजल राखेर अनुहारमा हल्का मालिस गरेमा अनुहारको मुलायम हुनुको साथै चमक समेत बढ्दछ ।

८. फेस प्याकलाई दही वा सुन्तला, टमाटर वा अन्य फलसँग मिलाएर अनुहारमा लगाएमा छाला नरम एवम् मुलायम हुन्छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ६ : ४३ बजे

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको