पर्वत र कास्कीमा सञ्चालित होमस्टे प्रवर्द्धन « Khabarhub

पर्वत र कास्कीमा सञ्चालित होमस्टे प्रवर्द्धन


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- पर्वत र कास्कीमा सञ्चालित होमस्टे प्रवर्द्धनको कार्यक्रम सुरू गरिएको छ ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका पदाधिकारीले पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत मंगलबार पर्वत र कास्कीको होमस्टे क्षेत्रमा भ्रमण गरी सरोकारवालासँग अन्तरक्रिया गरेका छन् ।

पर्वतको मोदी गाउँपालिका–१ का लप्सीबोट सामुदायिक होमस्टे र भुकदेउराली नमूना गाउँ सामुदायिक होमस्टे एवं कास्कीको धिताल ह्याङ्जाकोट सामुदायिक होमस्टेको प्रवर्द्धनात्मक भ्रमण गरिएको हो ।

नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धन  र पोखरा पर्यटन परिषद्को सहयोगमा गत शनिबारदेखि सञ्चालित उक्त कार्यक्रमअन्तर्गत प्रवर्द्धन टोली घरवासमा पुगी सरोकारवालाबीच अन्तरक्रिया गरेको छ ।

भुकदेउराली नमूना गाउँ सामुदायिक घरवासमा आयोजित अन्तरक्रियामा गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङले प्रकृति र संस्कृतिले सम्पन्न भुकदेउराली प्रवर्द्धनको पर्खाइमा रहेको बताइन् । भुकदेउरालीलगायत आसपासका पर्यटकीय गन्तव्यको विकासलाई आफूले प्राथमिकतामा राखेको उनले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले सुन्दर गाउँहरूको पर्यटकीय विकासका लागि सरकारको चासो पुग्नुपर्ने बताए । गाउँका सुन्दर संरचना जोगाउँदै बाटोघाटोलगायतका पूर्वाधार विकास गर्नुपर्ने उनले बताए ।

भिटोफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले भुकदेउरालीलगायतका स्थानको धेरै पर्यटकीय सम्भावना रहेको बताउँदै यिनीहरूको प्रवद्र्धनलाई भिटोफले प्राथमिकतामा राखेको बताए ।

भुकदेउराली सामुदायिक घरवासका अध्यक्ष टेकबहादुर गुरुङले गाउँमा पूर्वाधार विकासका लागि स्वदेश तथा विदेशमा रहेका स्थानीयले जागरुकता देखाएको बताउँदै राज्यले पूर्वाधार तथा विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए ।

टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले सुन्दर गाउँलाई पदयात्रा पर्यटनसँग जोड्दै पर्यटकीय विकास गर्ने कुरामा आफूहरू सक्रिय बनेको बताए ।

कार्यक्रममा घरवासका सचिव अन्तिम गुरुङ, टोल सुधार समितिका अध्यक्ष रामबहादुर गुरुङ, मोदी गाउँपालिका–१ का कार्यवाहक अध्यक्ष भुलबहादुर पौडेल, पर्यटन व्यवसायी उदय सुवेदीलगायतले सुन्दर गाउँका प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १२ : ०५ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय