नेकपा ओली समूह सुदूरपश्चिमस्तरीय कार्यकर्ता प्रशिक्षणमा, अध्यक्ष ओलीले सम्बोधन गर्दै « Khabarhub

नेकपा ओली समूह सुदूरपश्चिमस्तरीय कार्यकर्ता प्रशिक्षणमा, अध्यक्ष ओलीले सम्बोधन गर्दै


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको ओली समूहले आजदेखि कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरू गरेको छ । प्रचण्ड माधव समूहले देशभर शक्तिप्रदर्शन गरेको भोलिपल्टबाट ओली समूह आफ्ना नेता कार्यकर्ताको प्रशिक्षणमा जुटेको हो ।

काठमाडौँको कार्की ब्यांक्वेटमा जारी नेकपाको सुदूरपश्चिम प्रदेशका नेता कार्यकर्ताको प्रशिक्षणलाई प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्दैछन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षका सामाजिक विकासमन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेपछि त्यसबारे पनि भेलामा छलफल हुन लागेको एक केन्द्रीय सदस्यले जानकारी दिए । ओली पक्षले सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी दिएपछि सो प्रदेशको पहिलो पटक बैठक बसेको हो ।

यसअघि प्रचण्ड– माधव नेपाल समूहको नेकपाले कार्यक्रम गर्दै आएको कार्की ब्यांक्वेटमै केपी शर्मा ओली नेतृत्वको नेकपाले कार्यकर्ता भेला तथा प्रशिक्षण गर्न थालेको हो ।

यसअघि प्रचण्ड–नेपाल समूहले पनि कार्की ब्यांक्वेटमा नै भेला तथा बैठक गर्दै आएका थिए। सो समूहको कार्की ब्यांक्वेटमा नै बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो।

ओली समूहले त्यही ठाउँमा कार्यकर्ता भेला तथा प्रशिक्षण राख्नुलाई रणनीतिक रुपमा हेरिएको छ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : ५५ बजे

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको