खाद्यवस्तुको गुणस्तर परीक्षण अभियानकै रुपमा अगाडि बढाउनुपर्छ : मन्त्री अर्याल « Khabarhub

खाद्यवस्तुको गुणस्तर परीक्षण अभियानकै रुपमा अगाडि बढाउनुपर्छ : मन्त्री अर्याल


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन निरिक्षण गरेकी छिन ।

बुधबार विहान विभागमा पुग्नुभएकी मन्त्री अर्याललाई विभागका महानिर्देशक उपेन्द्र रायले विभागको ‘ब्रिफिङ’ गरेका थिए ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा मन्त्री अर्याल नियुक्त भएपछी मन्त्रालय अन्तर्गतका मातहत निकायहरुको ब्रिफिङ लिन शुरु गरेकी हुन ।

अनुगमनका क्रममा मन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयहरुको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको बताइन।

खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमनको कार्यलाई अभियानकै रुपमा अगाडl बढाउनुपर्ने मन्त्री अर्यालको भनाइ थियो ।

‘अहिलेको अनुगमन, निरिक्षण, ल्याब टेष्टको यति कार्यले मात्र हुदैन । अब घुम्ती टोलीमार्फत नियमित रुपमा अनुमन कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ’, मन्त्री अर्यालले भनिन, ‘तपाईहरु योजना सहित अगाडि बढ्नुस् ।’

मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्रहरु थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउन समेत कर्मचारीहरुलाई निर्देशन दिइन ।

उनले नीति, नियम, ऐनहरु निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडी बढाउन आग्रह गरिन ।

भन्सार क्षेत्रमा प्रभावकारिता बढाउने गरी काम गर्नुपर्ने भन्दै उनले ‘आलीदेखी थालीसम्म, गोठदेखी ओठसम्म’ पुग्नेगरी अभियानमुखी कार्यक्रम अगाडी बढाउनुपर्ने बताइन।

त्यस अवसरमा बोल्दै मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्की, पशुपंक्षी सचिव डा.प्रेमनारायण कँडेलले खाद्य स्वच्छता कायय गर्न सबैले विशेष ध्यान दिएर अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ८ : २१ बजे

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर – यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै : यस्तो छ निर्वाचन तालिका

काठमाडौँ– नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन

हर्मुज जलडमरूमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण

महेश–धापुङ–ताराखोला सडक निर्माण

म्याग्दी– महेश–धापुङ–ताराखोला सडक निर्माण सम्पन्न भएको छ । जिल्ला पूर्वाधार

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा