पीसीआर परीक्षण गर्दा हाल बसोबास गरिरहेको स्थानको ठेगाना उल्लेख गर्न अनुरोध « Khabarhub

पीसीआर परीक्षण गर्दा हाल बसोबास गरिरहेको स्थानको ठेगाना उल्लेख गर्न अनुरोध


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमण परीक्षण गर्दा व्यक्तिको हालको ठेगाना अर्थात हाल बसोबास गरिरहेको स्थान उल्लेख गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालले एक सूचना जारी गर्दै कोरोना सङ्क्रमणको परीक्षणका लागि नमुना सङ्कलन गर्ने क्रममा सम्बन्धित व्यक्तिले हाल बसोबास गरिरहेको स्थानलाई आधार मानेर ठेगाना उल्लेख गर्न अनुरोध गरेको हो ।

मन्त्रालयले सबै प्रयोगशाला तथा अस्पतालहरूलाई कोरोना परीक्षण गर्न आउने व्यक्तिहरुको हाल बसोबास गरिरहेको ठेगाना उल्लेख गर्न अनुरोध गरेको हो ।

विभिन्न निकायहरूले नमुना सङ्कलन गर्दा आ–आफ्नो तरिकाले व्यक्तिको ठेगाना लेख्ने गरेकाले सम्बन्धित व्यक्तिको पहिचान तथा सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्न कठिनाइ भएको हुँदा हालको ठेगाना उल्लेख गर्न मन्त्रालयले अनुरोध गरेको जनाएको छ ।

व्यक्तिको ठेगाना उल्लेख गर्दा एकरूपता नभइरहेकाले अब उपरान्त कुनै समस्या वा उजुरी परेमा नियमानुसार कारबाही गरिने निर्णय समेत सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १० : २७ बजे

रवि र बालेनसँगै गगनले पनि बजाए रास्वपाको घण्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पुगेका नेपाली कांग्रेसका सभापति

रास्वपा महाधिवेशनमा पुगेनन् श्रम संस्कृतिका नेताहरू 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा नयाँ वैकल्पिक शक्ति श्रम

पूर्वनेतृ श्रेष्ठले रास्वपालाई दिइन् पहिलो महाधिवेशनको शुभकामना

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वनेतृ एवं पूर्वमन्त्री सुमना

चार हजार दुई सय ११ प्रतिनिधिको उपस्थितिमा रास्वपा महाधिवेशन सुरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारबाट चितवनमा सुरू

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

रसुवा– स्याफ्रुबेँसी-रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल