लेगानेसविरुद्ध बार्साको शानदार जित, मेस्सीले गरे २ गोल « Khabarhub

लेगानेसविरुद्ध बार्साको शानदार जित, मेस्सीले गरे २ गोल


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

बिहिबार नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ५–० गोल अन्तरले पराजित गरेको हो । खेलको चौथो मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

२८ औं मिनेटमा क्लेमेन्ट लेन्गलेटले बार्सिलोनाको अग्रता दोब्बर बनाए । कप्तान मेस्सीले ५९ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे ।

अर्थरले ७७ औं मिनेटमा बार्सिलोनालाई ४–० ले अघि बढाए । खेल सकिन एक मिनेट बाँकी रहँदा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै क्लबलाई फराकिलो जित दिलाए ।

विहीबार भएको खेलमा गरेको दुई गोलसँगै मेस्सीले बार्सिलोनाबाट ५ सय गोल पुरा गरेका छन् ।

बार्सिलोनासंगै रियल मड्रिड, भ्यालेन्सिया, एट्लेटिको विल्वाओ, भिल्ला रियल, ग्रानाडा, रियल सोसिडाड र मिरन्डासले अन्तिम ८ मा स्थान पक्का गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ६ : ५५ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा