२३ बालबालिकालाई बन्धक बनाउने बाथम प्रहरी कारबाहीमा मारिए « Khabarhub

२३ बालबालिकालाई बन्धक बनाउने बाथम प्रहरी कारबाहीमा मारिए


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको उत्तर प्रदेशको फर्रुखाबाद जिल्लास्थित मोहम्मदाबाद कस्बेमा २३ बालबालिकालाई बन्धक बनाउने सुभाष बाथमको प्रहरी कारबाहीमा मृत्यु भएको छ ।

कानपुर परिक्षेत्रका प्रहरी महानिरीक्षक मोहित अग्रवालका अनुसार अपहरणकारी सुभाषको प्रहरी मुठभेडमा मृत्यु भएको छ भने सबै २३ बालकलाई उद्धार गरिएको बीबीसीले उल्लेख गरेको छ।

मोहित अग्रवालका अनुसार अपहरणकारीले प्रति बालक एक करोड रुपैयाँ फिरौती माग गरेका थिए । यसका साथै उनले आफूमाथि लागेको हत्याको आरोप पनि फिर्ता लिनुपर्ने माग राखेका थिए । अघिल्लो रात उनले एक बालकलाई रिहा पनि गरेका थिए ।

बन्धक बालबालिकालाई मुक्त गराउन एटीएसको कमाण्डो बोलाइएको थियो । साथै प्रहरीको थुप्रै अधिकारीहरु पनि घटनास्थलमा परिचालन भएका थिए । मोहम्मदाबाद तहसीलको करसिया गाउँमा जुन घरमा बालकलाई बन्धक बनाइएको थियो त्यो घर बाथमकै थियो ।

प्रहरीका अनुसार बाथम शातिर किस्मका अपराधी थिए । उनी कैयौँ पटक जेल पनि गएका थिए । उनीमाथि हत्याको मुद्दा समेत चलिरहेको छ । स्थानीयका अनुसार आफ्नी छोरीको जन्मदिनको बहानामा उनले गाउँका बच्चाहरुलाई घर बोलाएका थिए । त्यसपछि उनीहरुलाई घरमै बन्धक बनाएका थिए ।

फर्रुखाबादका प्रहरी अधिकारी डा. अनिल कुमार मिश्रका अनुसार बच्चालाई सकुशल उद्धार गरिएको छ भने केहि प्रहरी पनि घाइते भएका छन् ।

प्रहरीलाई देख्ने बित्तिकै सुभाषले फायरिंग शुरु गरेपछि दोहोरो भिडन्त नै भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : ३० बजे

केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ