ए डिभिजन लिग : उपाधिका लागि त्रिपक्षीय भीडन्त, चार टोलीलाई रेलिगेशनको चिन्ता | Khabarhub Khabarhub

ए डिभिजन लिग : उपाधिका लागि त्रिपक्षीय भीडन्त, चार टोलीलाई रेलिगेशनको चिन्ता


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दी क्लब नवौं चरणका खेल सकिँदा उपाधि दाबेदार देखिएका छन् ।

लिगमा उपाधि दाबेदार थ्रीस्टार क्लब भने नवौं चरणमा मछिन्द्रसँग पराजित भएसँगै उपाधि होडबाट बाहिरिएको छ ।

शीर्ष ३ क्लबको अहिले २ अंकको तलमाथि छ । शीर्ष स्थानमा रहेको आर्मीले ९ खेलबाट २० अंक जोड्दा उतिनै खेल खेलेको मछिन्द्र र मनाङको समान १९ अंक छ ।

एक अंक बढी रहेको आर्मीलाई मछिन्द्र र मनाङले पछ्याइरहँदा न्युरोड टिम एनआरटी १५ अंकसहित तीन टोलीलाई पछ्याइरहेको छ ।

एनआरटीले ९ खेलबाट १५ अंक बनाएको छ भने थ्रीस्टार १४ अंकसहित पाँचौ स्थानमा छ । १४ अंकसहित नेपाल पुलिस क्लब छैठौं स्थानमा छ । यी टोलीहरु शीर्ष ६ का लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

नवौं चरणसम्म जीत विहीन रहेको सरस्वतीले यहि चरणमा अप्रत्यासित रुपमा ४ गोल गर्यो । उसले हिमालयन शेर्पा क्लबलाई पराजित गर्यो ।

यस्तै, लिगमा अझै पनि मनाङ भने अपराजित रहेको छ । उसले नवौं चरणसम्म ५ खेलमा जीत र ४ खेलमा बराबरी खेलेको छ ।

लिगमा उपाधिमात्रै होइन रेलिगेसनका लागि पनि रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । चार खेलबाँकी रहँदा ८ अंकसहित ११ औं स्थानको ब्रिगेड व्वाईज देखि ४ अंक जोडेको सरस्वती युवा क्लब रेलिगेसन जोनमा छन् ।

यो बीचमा बिग्रेडसँगै हिमालयन शेर्पा, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सरस्वती क्लब रहेका छन् ।

हिमालयन शेर्पाले ९ खेलमा ७ अंक जोड्दा एपीएफको ५ र सरस्वतीको ४ अंक छ । लिगको आठ चरणका खेल सकिँदा पनि जित हात पार्न नसकेको सरस्वतीले नवौं चरणमा हिमालयन शेर्पालाई ४–३ गोल अन्तरले पराजित गरेको थियो ।

सरस्वतीले जितेसँगै एपीएफ पनि रेलिगेशनमा पर्ने हो कि भन्ने डर छ भने एपीएफले बाँकी खेलमा लय समात्दै खेलमा फर्किए ३ अंकको अन्तर रहेको ११ औं स्थानको बिग्रेड र १२ औं स्थानको हिमालयनका लागि घातक हुन सक्छ । पुछारका ४ टोलीका प्रशिक्षकहरुले आफुले राम्रो गर्न नसके रेलिगेसनमा पर्न सक्ने डर स्वीकार गरिसकेका छन् ।

शीर्ष डिभिजन लिगमा अघिल्लो बर्ष अन्तिम २ टोलीको अंक घटाइएको थियो । जसमा पुछारमा रहेको एनआरटीले २ अंक तिरेको थियो भने पुछारबाट दोस्रो स्थानमा रहेको मछिन्द्रले एक अंक ऋण तिरेको थियो ।

यो संस्करणमा भने एक टोली बि डिभिजनमा घटुवा हुनेछ । लिगको नवौं चरणमा १७ गोल थपिएका छन् । जसमा गएको मंगलबार भएको हिमालयन शेर्पा क्लब र सरस्वती युवा क्लबबीचको खेलमा सबैभन्दा धेरै ७ गोल भएको थियो । जुन खेलमा सरस्वतीले पहिलो जीत हात पार्न

हिमालयनलाई ४–३ गोल अन्तरले पराजित गरेको थियो । लिगमा अहिलेसम्म १ सय २२ गोल भएका छन् ।

लिगमा सर्वाधिक गोल कर्तामा किर्तिमान बनाएका सन्तोष साहुखल नै अहिलेसम्म शीर्ष स्थानमा छन् । उनले लिगको यो सिजनमा ६ गोल गरेका छन् भने उनलाई रेलिगेसन जोनमा रहेको एपीएफका आशिष लामाले ५ गोलसहित पछ्याइरहेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ५ : १२ बजे

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

लमजुङ- जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७  आयोजनाले विद्युत् उत्पादन

आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजात नभएका आप्रवासीलाई निकाल्ने

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई गरे सिधा वार्ताका लागि आह्वान

मस्को – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनलाई सिधा वार्ताका लागि

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन