चीनबाट मङ्गोलिया प्रवेशमा प्रतिबन्ध « Khabarhub

चीनबाट मङ्गोलिया प्रवेशमा प्रतिबन्ध


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुनै पनि चिनियाँ नागरिक तथा अन्य देशका नागरिकलाई चीनबाट आफ्नो देशमा आउन मङ्गोलियाले प्रतिबन्ध लगाएको छ ।

मङ्गोलियाले चीन हुँदै विमान, रेल वा सडक यातायात मार्फत् आफ्नो देशमा भित्रिन नपाइने व्यवस्था गरिएको शुक्रबार घोषणा गरेको छ ।

विनाशकारी कोरोना भाइरसका कारण चीनमा धेरै जनाको मृत्यु भइसकेको र संसार भरी नै फैलिँदै गएकाले उच्च सतर्कता अन्तर्गत उनीहरूलाई प्रतिबन्ध लगाइएको अधिकारीले जनाएका छन् ।

सो प्रतिबन्ध अहिलेलाई शनिबार अर्थात् फेब्रुअरी १ देखि मार्च २ सम्मका लागि निर्धारण गरिएको पनि समाचारमा जनाइएको छ ।

सरकारले जारी गरेको वक्तव्यका अनुसार आगामी फेब्रुअरी ६ सम्म चिनियाँ नागरिकलाई स्वदेश फर्किन भने सामान्य रुट नै प्रयोग गर्न पाइने भएको छ ।

त्यसपछि दुई जमिन उड्मा रहेको रेल नाका र राजधानी सहर उल्लान्बातारमा रहेको विमानस्थलबाट मात्रै उनीहरुलाई घर फर्किन दिइने भएको छ ।

मङ्गोलियामा अहिलेसम्म कोही पनि कोरोना भाइरसबाट संक्रमित भएको नभेटिएको अधिकारीले जनाएका छन् ।

मङ्गोलियाले चीनसँगको नाकाबाट कारमा आफ्नो देशमा भित्रिन नदिने व्यवस्था यसअघि नै गरिसकेको थियो । मङ्गोलियामा अहिले विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् भने सार्वजनिक कार्यक्रमहरू गर्न नपाइने भइसकेको छ ।

सार्वजनिक कार्यक्रम र विद्यालयमा हुने जमघटबाट भाइरस एकबाट अर्कोमा सर्न सक्ने खतरा हुने भएकाले बन्द गरिएको मङ्गोलियाका अधिकारीको भनाइ छ ।

चिनियाँ स्वास्थ्य अधिकारीकाअनुसार बिहीबार राति अबेरसम्म यस भाइरसबाट २१३ जनाको मृत्यु भएको र नौ हजार ६९२ जना सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : ३५ बजे

देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा

तनहुँ – माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा

अब चीनमा एआई मोडलबाट शेयर बजारको भविष्यवाणी र विश्लेषण

पेइचिङ – चीनले पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) मोडल सार्वजनिक गरेको

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : विशेष महाधिवेशन पक्षको बहिष्कार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्दैछ।

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ