कोरोना भाइरसको त्रासले पानी जहाजमै थुनिए ७ हजार यात्रु ! | Khabarhub Khabarhub

कोरोना भाइरसको त्रासले पानी जहाजमै थुनिए ७ हजार यात्रु !


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटाली– इटालीमा कोरोना भाइरसको त्रासका कारण ७ हजार यात्रु पानी जहाजमै थुनिनु परेको छ ।

इटलीको एउटा क्रुज पानी जहाजबाट राजधानी रोमनजिकै सिभिटाभेसिया बन्दरगाहमा उत्रिन लागेका यात्रु कोरोना भाइरसको त्रासले पानीजहाजभित्रै थुनिनु परेको जनाइएको छ ।

जहाजमा सवार यात्रुमध्ये एक जना चिनियाँ महिलालाई कोरोनाभाइरसको लक्षण देखिएपछि यात्रुलाई जहाजबाट उत्रिन दिइएको थिएन ।

यद्यपि बिहीबार अबेर राती घण्टौं पछि ती बिरामीलाई देखिएको लक्षण कोरोनाभाइरस नभएको पुष्टि भएको थियो । जहाजमा ६ हजार यात्रु र १ हजार चालक दलका सदस्य थिए ।

जहाजमा भएकामध्ये एक महिलालाई कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती बिरामीबाट संकलित नमूना परीक्षणका ल्याबमा पठाइएको थियो ।

परीक्षणको नतिजा नआउँदासम्म सबै यात्रुलाई जहाजबाट बाहिर निस्कन अनुमति दिइएको थिएन । कोस्टा क्रोसिएरे कम्पनीको जहाज कोस्टा स्मेराल्डा २५ जनवरीमा उत्तर पश्चिम इटलीको पोर्ट अफ साभोनाबाट हिँडेको थियो ।

शंका गरिएकी बिरामी ५४ वर्षकी चिनियाँ महिला थिइन् । साभोनाबाट हिँडेको कोस्टा स्मेराल्डा फ्रान्सको मार्सेइले, स्पेनको बार्सिलोना, स्पेनकै पाल्मा टापु हुँदै इटलीको सिभिटाभेसिला पुगेको थियो ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ८ : २७ बजे

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति तय गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक