कोरोना भाइरसका कारण इटालीमा एकै दिन ८ सय १२ जनाको मृत्यु « Khabarhub

कोरोना भाइरसका कारण इटालीमा एकै दिन ८ सय १२ जनाको मृत्यु


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटाली- इटालीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण एकै दिन ८ सय १२ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो समेत गरी कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ। यो नेपाली समयअनुसार सोमबार राति १० बजेसम्मको हो।

यसैगरी त्यहाँ कोरोना भाइरसबाट अहिलेसम्म १ लाख १ हजार ७३९ जना संक्रमित भइसकेका छन्।

यस्तै स्पेनमा पनि कोरोना संक्रमणका कारण एकै दिन ९ सय १३ जनाको मृत्यु भएको छ। यो समेत गरेर स्पेनमा कोरोनाले ७ हजार ७ सय १६ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

स्पेनमा अहिलेसम्म कोरोना भाइरसबाट ८७ हजार ९ सय ५६ जना संक्रमित भएका छन्।

यस्तै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३७ हजार ७ सय ८० पुगेको छ भने ७ लाख ८४ हजार ३८१ जना संक्रमित भएका छन्।

सँगसँगै १ लाख ६५ हजार ३५ संक्रमित भने उपचारपछि स्वस्थ भएका छन्।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : १७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार