कोरोना प्रभाव : आईपीएल तोकिएको मितिमा हुनेमा आशंका « Khabarhub

कोरोना प्रभाव : आईपीएल तोकिएको मितिमा हुनेमा आशंका


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला विश्व कोरोना भाइरस (कोभिड १९) को महामारीसँग जुधिहेको छ । यसले विश्वका ठूला कार्यक्रमदेखि खेल गतिविधि अनिश्चित काललाई स्थगित भएका छन् ।

यसैबीच इन्डियन प्रिमियर लिग (आईपीएल) पनि मार्च २८ देखि अप्रिल १५ सम्मका लागि स्थगित भइसकेको छ ।

तर, दोस्रो पटकका लागि तोकिएको मितिमा पनि आईपीएल हुने सम्भावना भने निकै कम रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अहिलेसम्म बोर्ड अफ कन्ट्रोल फर क्रिकेटइन इन्डिया (बिसीसीआई) ले यसबारे कुनै प्रतिक्रिया दिएको छैन् । तोकिएकै समयमा सञ्चालन हुनसके उद्घाटनका लागि मात्रै १५–१६ दिन बाँकी छ ।

कोरोनाले विस्तारै भारतमा पनि प्रभाव जमाउँदै जाँदा बिसीसीआई मौन देखिएको छ । अहिलेसम्म भारतमा ३२ जनाले ज्यान गुमाइसकेका छन् भने १२ हजारभन्दा बढी संक्रमीत भेटीएका छन् ।

भारत सरकारले अहिले २१ दिनका लागि लकडाउन गरेको छ । यस्तोमा कुनै पनि गतिविधि गर्न सम्भव छैन ।

फेरि पनि लकडाउनको समय थप भएयसले आईपीएलको यो सिजन सुचारु गर्न कठिन हुने क्रिकेट जानकारहरु बताउँदै आएका छन् ।

दुई साताको समयमात्रै बाँकी हुँदा अहिलेसम्म कुनै बैठक नबसेको उल्लेख गर्दै हिन्दुस्तान टाइम्सले आईपीएल हुने नहुने बारे अन्योलता रहेको बताएको छ ।

आईपीएलमा ठूलो संख्यामा विदेशी खेलाडीको पनि सहभागिता रहन्छ । आईपीएल टोली चेन्नाई सुपर किङ्सका कार्यकारी निर्देशकले लकडाउन सकिएपछि के कसरी हुन्छ भन्ने जानकारी गराउने बताएका छन् ।

बिसीसीआईका अध्यक्ष सौरभ गांगुलीले आईपीएल सार्ने निर्णय भएपछि यसमा कुनै पनि नयाँ निर्णय नभएको उल्लेख गर्दै परिस्थिती अनुसार अगाडि बढ्ने बताएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ८ : २३ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले