सबैभन्दा बढी तलब खाने २० खेलाडी, कोरोना प्रभावपछि क्लबले दिनसक्ला तलब ? « Khabarhub

सबैभन्दा बढी तलब खाने २० खेलाडी, कोरोना प्रभावपछि क्लबले दिनसक्ला तलब ?


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारीले मानिसको जीवन असहज भएको छ ।

मंगलबार बिहानसम्म ३७ हजारभन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् भने ७ लाखभन्दा बढीमा संक्रमण छ ।

यसबाट खेलकुद पनि अछुतो छैन् । खेलकुदमा पनि फुटबलमा यसको प्रभाव ढी देखिन थालेको छ । युरोपका ठूला क्लब आर्थिक संकटमा परेको भन्दै खेलाडी तथा कर्मचारीको लतबमा कटौति गरिरहेका छन् ।

यस्तो, अवस्थामा फ्रान्स फुटबललाई उद्धत गर्दै मार्काले विश्वफुटबलमा सबैभन्दा बढी तलब खाने २० खेलाडीको सूची सार्वजनिक गरेको छ । यो सूची सार्वजनिक गरेको मार्काले कोरोना भाइरसको असरबाट गुज्रिरहेका क्लबहरुले उनीहरुलाई यहिँ तलबमा राख्न सक्ला भन्दै प्रश्न उठाएको छ ।

अहिलेको सूचीमा शीर्ष तीनमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, युभेन्ट्सका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र पेरिस सेन्ट जर्मनका स्टार नेयमार छन् ।

शीर्ष स्थानका मेस्सी र दोस्रो बढी तलब खाने रोनाल्डोबीच १३ मिलियन युरोको अन्तर छ । रोनाल्डोपछि तेस्रो बढी तलब खाने नेयमारबीचको अन्तर २४ मिलियन युरोको छ ।

यी हुन शीर्ष २० खेलाडी जो सबैभन्दा धेरै तलब पाउँछन्
१ लियोनल मेस्सी (¬१३१ मिलियन युरो)
२ क्रिष्टियानो रोनाल्डो (११८ मिलियन युरो)
३ नेयमार (९५ मिलियन युरो)
४ ग्यारेथ बेल (३८.७ मिलियन युरो)
५ एन्टोइनि ग्रिज्मयान (३८.५ मिलियन युरो)
६ यडन हजार्ड (३५ मिलियन युरो)
७ आन्द्रेस इनिएस्टा (३४ मिलियन युरो)
८ रहिम स्ट्रलिङ (३३.८ मिलियन युरो)
९ रोवोर्ट लेवान्डोस्की (२९ मिलियन युरो)
१० केलिएन एमबाप्पे (२७.६ मिलियन युरो)
११ लुईस स्वारेज (२७ मिलियन युरो)
१२ जेराड पिक्यु (२७ मिलियन युरो)
१३ टोनि क्रुस (२६.४ मिलियन युरो)
१४ फिलिपे कौटिन्हो (२६ मिलियन युरो)
१५ ओस्कार (२६ मिलियन युरो)
१६ एलेक्सीस सान्चेज (२५.८ मिलियन युरो)
१७ मेसुट ओजिल (२५.७ मिलियन युरो)
१८ केभिन डि ब्रार्यन (२५.६५ मिलियन युरो)
१९सर्जियो अग्युरो (२५.३ मिलियन युरो)
२० डेभिड डि गिआ (२४.८ मिलियन युरो)

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ८ : ५५ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका