सुर्तीजन्य पदार्थको प्रयोगले नेपालमा प्रत्येक वर्ष २७ हजार बढीको मृत्यु : डा. पौडेल « Khabarhub

सुर्तीजन्य पदार्थको प्रयोगले नेपालमा प्रत्येक वर्ष २७ हजार बढीको मृत्यु : डा. पौडेल


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुर्तीजन्य पदार्थको प्रयोगबाट नेपालमा प्रत्येक वर्ष २७ हजार भन्दा बढीको मृत्यु हुने एक चिकित्सकले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा बोल्दै डा विष्णुदत्त पौडेलले सुर्तीजन्य पर्दाको प्रयोगबाट नेपालमा प्रत्येक वर्ष २७ हजार एक सय जनाको मृत्यु हुने बताएका हुन् ।

डा पौडेलका अनुसार प्रत्येक दिन ७४ जना सुर्तीजन्य पदार्थ सेवनबाट मानिसको मृत्यु भइरहेको छ । सुर्तीजन्य पदार्थको सेवन गर्दा क्यान्सर, मुटुरोग, दम लगायतका रोगहरु हुने उनले बताए ।

उनले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने मानिसमा कोरोना संक्रमणको जोखिम उच्च हुने पनि बताए ।

‘कोरोना जस्तो रोग पनि टोब्याको (सुर्तीजन्य पदार्थ) को प्रयोग गर्ने मान्छेलाई हुने सम्भावना ज्यादा हुन्छ,’ डा पौडेलले भने, ‘कोरोना लागिहालेमा सुर्तीजन्य पदार्थ प्रयोग गर्नेलाई बढी असर पर्छ र मृत्यु हुने सम्भावना पनि बढी हुन्छ ।’

उनले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा कोरोना संक्रमण भएमा उनको मृत्यु हुने सम्भावना पनि बढी हुने बताए ।

डा पौडेलले सुर्तीजन्य पदार्थ सेवन नर्गन सबैलाई आग्रह समेत गरेका छन् ।

उनले स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थको सेवन न्युनिकरण गर्न विभिन्न योजना तथा कार्यक्रम समेत ल्याएको बताए ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ५ : २२ बजे

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा