सुर्तीजन्य पदार्थको प्रयोगले नेपालमा प्रत्येक वर्ष २७ हजार बढीको मृत्यु : डा. पौडेल « Khabarhub

सुर्तीजन्य पदार्थको प्रयोगले नेपालमा प्रत्येक वर्ष २७ हजार बढीको मृत्यु : डा. पौडेल


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुर्तीजन्य पदार्थको प्रयोगबाट नेपालमा प्रत्येक वर्ष २७ हजार भन्दा बढीको मृत्यु हुने एक चिकित्सकले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा बोल्दै डा विष्णुदत्त पौडेलले सुर्तीजन्य पर्दाको प्रयोगबाट नेपालमा प्रत्येक वर्ष २७ हजार एक सय जनाको मृत्यु हुने बताएका हुन् ।

डा पौडेलका अनुसार प्रत्येक दिन ७४ जना सुर्तीजन्य पदार्थ सेवनबाट मानिसको मृत्यु भइरहेको छ । सुर्तीजन्य पदार्थको सेवन गर्दा क्यान्सर, मुटुरोग, दम लगायतका रोगहरु हुने उनले बताए ।

उनले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने मानिसमा कोरोना संक्रमणको जोखिम उच्च हुने पनि बताए ।

‘कोरोना जस्तो रोग पनि टोब्याको (सुर्तीजन्य पदार्थ) को प्रयोग गर्ने मान्छेलाई हुने सम्भावना ज्यादा हुन्छ,’ डा पौडेलले भने, ‘कोरोना लागिहालेमा सुर्तीजन्य पदार्थ प्रयोग गर्नेलाई बढी असर पर्छ र मृत्यु हुने सम्भावना पनि बढी हुन्छ ।’

उनले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा कोरोना संक्रमण भएमा उनको मृत्यु हुने सम्भावना पनि बढी हुने बताए ।

डा पौडेलले सुर्तीजन्य पदार्थ सेवन नर्गन सबैलाई आग्रह समेत गरेका छन् ।

उनले स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थको सेवन न्युनिकरण गर्न विभिन्न योजना तथा कार्यक्रम समेत ल्याएको बताए ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ५ : २२ बजे

धनुषामा ऐलानी जग्गाको विषयमा विवाद हुँदा झडप, १२ जना घाइते

धनुषा – धनुषामा ऐलानी जग्गाको विषयमा भएको झडपमा १२ जना

कुलमान अध्यक्ष बन्दा उनेपामा विभाजन, २० केन्द्रीय सदस्यसहित डा. जोशी रास्वपामै बसे

काठमाडौं– उज्यालो नेपाल पार्टीका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा.

दोलखाको वैतेश्वरमा शिक्षक–कर्मचारी भलिबल सुरु

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले आयोजना गरेको प्रथम वैतेश्वर गाउँपालिका वडास्तरीय

भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोधमा उत्रिए एमाले अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी