विप्लव नेकपाका नेता शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश « Khabarhub

विप्लव नेकपाका नेता शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्ला अदालत चितवनले विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा ‘विरही’लाई साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलाशले शर्मालाई तत्काल हिरासतमुक्त गरी चिकित्सकको परामर्शविना फेरि पक्राउ नगर्न समेत आदेश जारी गरेको हो ।

गत २३ वैशाखमा पक्राउ परेका नेता शर्मालाई रिहा गर्न आदेश दिँदै अदालतले राज्यविरुद्धको अपराध हुने कुनै प्रमाण नदेखिएको भन्दै चिकित्सकको परामर्शविना अन्यत्र नलैजान र धरपकड समेत नगर्न भनिएको छ ।

प्रहरीले शर्माविरुद्ध अर्को जिल्लामा समेत मुद्दा दायर गरेको देखिएको भन्दै जिल्ला अदालत चितवनले शर्माका साथमा भेटिएको भनिएको विप्लव नेतृत्वको नेकपाको पर्चाकै आधारमा राज्यद्रोह भएको निष्कर्ष निकाल्न नमिल्ने आदेशमा भनिएको छ ।

कुनै पनि व्यक्तिलाई राजनीतिक दलको कार्यकर्ता हुन पाउने संवैधानिक व्यवस्था रहेको र विप्लव नेतृत्वको नेकपाको ध्वंशात्मक गतिविधिमाथि मात्रै सरकारले प्रतिबन्ध लगाएको तर राजनीतक दलमाथि प्रतिबन्ध लगाउने व्यवस्था संविधानले समेत परिकल्पना नगरेको आदेशमा भनिएको छ ।

आदेशमा के भनिएको छ ?

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ६ : ०८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु