चुनाव सार्ने ट्रम्पको प्रस्तावमा रिपब्लिकन नेताहरूकै असहमति « Khabarhub

चुनाव सार्ने ट्रम्पको प्रस्तावमा रिपब्लिकन नेताहरूकै असहमति


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको मिति सार्न  राष्ट्रपति डोनाल्ड ट्रप्पले गरेको प्रस्ताव रिपब्लिकन पार्टीकै नेताहरूले अस्वीकार गरेका छन् ।

चुनावमा धाँधली हुन सक्ने आशंका गर्दै ट्रम्पले राष्ट्रपतीय चुनावको मिति हेरफेर गर्नुपर्ने प्रस्ताप गर्दै नोभेम्बर भन्दा पछि गर्नु पर्ने प्रस्ताव गरेका थिए ।

तर, उनको प्रस्तावको उनकै पार्टी रिपब्लिकनको बहुमत रहेको रहेको सिनेटका रिपब्लिकन पार्टी नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थीले ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन् ।

चुनाव स्थगित गर्न सक्ने अधिकार आफूमा नरहेपछि राष्ट्रपति ट्रम्पले यस्तो प्रस्ताव छलफलमा ल्याएका थिए । चुनाव सार्ने भए कङ्ग्रेसले त्यसलाई अनुमोदन गर्नुपर्ने प्रावधान छ ।

चुनाव सार्ने ट्रम्पको प्रस्तावको विपक्षी डेमोक्र्याटले चर्को आलोचना गरिरहेका बेला आफ्नै पार्टीका नेताहरूले पनि उनको प्रस्तावको विरोध गरेका हुन् ।

ट्रम्पले हुलाक मार्फत हुने मतदान बिस्तार हुँदै गएको र यसले धाँधली हुने सम्भावना धेरै भएकाले चुनाव सार्ने प्रस्ताव गरेका थिए । नागरिकले व्यवस्थित, स्वातन्त्र तथा सुरक्षित रुपमा मतदान गर्न पाउने अवस्था सिर्जना भएपछि चुनाव गर्नु पर्ने उनको माग छ ।

कोरोना भाइरसको महामारीका कारण आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा धेरै अमेरिकीले हुलाक मार्फत मतदान गर्दै छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : ५१ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क