चुनाव सार्ने ट्रम्पको प्रस्तावमा रिपब्लिकन नेताहरूकै असहमति « Khabarhub

चुनाव सार्ने ट्रम्पको प्रस्तावमा रिपब्लिकन नेताहरूकै असहमति


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको मिति सार्न  राष्ट्रपति डोनाल्ड ट्रप्पले गरेको प्रस्ताव रिपब्लिकन पार्टीकै नेताहरूले अस्वीकार गरेका छन् ।

चुनावमा धाँधली हुन सक्ने आशंका गर्दै ट्रम्पले राष्ट्रपतीय चुनावको मिति हेरफेर गर्नुपर्ने प्रस्ताप गर्दै नोभेम्बर भन्दा पछि गर्नु पर्ने प्रस्ताव गरेका थिए ।

तर, उनको प्रस्तावको उनकै पार्टी रिपब्लिकनको बहुमत रहेको रहेको सिनेटका रिपब्लिकन पार्टी नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थीले ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन् ।

चुनाव स्थगित गर्न सक्ने अधिकार आफूमा नरहेपछि राष्ट्रपति ट्रम्पले यस्तो प्रस्ताव छलफलमा ल्याएका थिए । चुनाव सार्ने भए कङ्ग्रेसले त्यसलाई अनुमोदन गर्नुपर्ने प्रावधान छ ।

चुनाव सार्ने ट्रम्पको प्रस्तावको विपक्षी डेमोक्र्याटले चर्को आलोचना गरिरहेका बेला आफ्नै पार्टीका नेताहरूले पनि उनको प्रस्तावको विरोध गरेका हुन् ।

ट्रम्पले हुलाक मार्फत हुने मतदान बिस्तार हुँदै गएको र यसले धाँधली हुने सम्भावना धेरै भएकाले चुनाव सार्ने प्रस्ताव गरेका थिए । नागरिकले व्यवस्थित, स्वातन्त्र तथा सुरक्षित रुपमा मतदान गर्न पाउने अवस्था सिर्जना भएपछि चुनाव गर्नु पर्ने उनको माग छ ।

कोरोना भाइरसको महामारीका कारण आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा धेरै अमेरिकीले हुलाक मार्फत मतदान गर्दै छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : ५१ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक