नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुग्यो


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ७७१  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ३९९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

काठमाडौंमा संक्रमितको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ । यसमा सचेत हुन मन्त्रालयले आग्रह गरेको छ ।

समूहमा बस्नेहरुमा कोरोना संक्रमण बढी देखिए छ । प्रहरी तथा स्वास्थ्यकर्मीमा कोरोना देखिनु यसको ज्वलन्त उदाहरण भएको मन्त्रालयले जनाए ।

मन्त्रालयका अनुसार ५३१६ सक्रिय संक्रमित रहेका छन् ।

मास्क नलगाई हिड्ने २ लाख जनालाई कारबाही गरिएको छ । हिजो विदेशबाट ६५९ जना व्यक्ति नेपाल प्रवेश गरेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ४ : २९ बजे

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति अहिलेसम्म सुरक्षित

माली- मालीका रक्षा मन्त्री साडियो क्यामारा एउटा संयुक्त आक्रमणमा परेर

गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन सञ्चालनमा

काठमाडौं– कास्कीको पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन आइतबारदेखि

भ्रामक पोस्टरप्रति सुहाङको आपत्ति, सतर्क रहन सञ्चारकर्मीलाई आग्रह

काठमाडौं- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आफ्नो नाम र तस्बिर

स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता

बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज स्काभेटर

कांग्रेस नेताहरू, बुद्धिजीवी र जेन-जीलाई एकैठाउँ राखेर शेखरले गरे संवाद

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस