शुक्रबार काठमाडौं उपत्यकामा थपिए ३८ कोरोना संक्रमित « Khabarhub

शुक्रबार काठमाडौं उपत्यकामा थपिए ३८ कोरोना संक्रमित


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौ- शुक्रबार काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा डा. जागेश्वर गौतमले काठमाडौंमा ३२ ललितपुर ५ र भक्तपुर १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना ललितपुरका २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका २ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एकजना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १८ जना र ललितपुरका एकजना, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२३ ललितपुरमा ९७ र भक्तपुरमा ५७ पुगेकोछ।

शुक्रबार देशभर २२४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या १९ हजार ७७१ पुगेको छ।

१५१ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १४ हजार ३९९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ५६ पुगेको छ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ४ : ५५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका