शुक्रबार काठमाडौं उपत्यकामा थपिए ३८ कोरोना संक्रमित | Khabarhub Khabarhub

शुक्रबार काठमाडौं उपत्यकामा थपिए ३८ कोरोना संक्रमित


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौ- शुक्रबार काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा डा. जागेश्वर गौतमले काठमाडौंमा ३२ ललितपुर ५ र भक्तपुर १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना ललितपुरका २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका २ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एकजना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १८ जना र ललितपुरका एकजना, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२३ ललितपुरमा ९७ र भक्तपुरमा ५७ पुगेकोछ।

शुक्रबार देशभर २२४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या १९ हजार ७७१ पुगेको छ।

१५१ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १४ हजार ३९९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ५६ पुगेको छ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ४ : ५५ बजे

संसद विघटनमा माओवादी दुई धार, चुनावमा एक

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसद विघटन गरेको विषयलाई लिएर

एक महिनामा अध्ययनका लागि विदेशियो १४ अर्ब ३१ करोड

काठमाडौं– देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था

जाग्राम बसेर देश विकास हुने हो र प्रधानमन्त्रीज्यू ?

७२ वर्षीय बयोवृद्ध निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई पछ्याउँदै ७३ वर्षीया

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो