समयमै फोरजी सेवा विस्तार नहुनुको कारण पेस गर्न संसदीय समितिको निर्देशन « Khabarhub

समयमै फोरजी सेवा विस्तार नहुनुको कारण पेस गर्न संसदीय समितिको निर्देशन


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयमै नहुनुको कारण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबारको बैठकले टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयभित्र सम्पन्‍न नहुनुको कारण ७ दिनभित्र समितिमा उपलब्ध गराउन सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

सभापति कल्याणीकुमारी खड्काले टेलिकमले फोरजी सेवा विस्तारमा भएको ढिलाइएको कारण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएकी हुन् ।

टेलिकमको सेवा प्रभावकारी नभएको जनगुनासो आएकाले गुणस्तरीय र नागरिकका अपेक्षाअनुरुप सेवा विस्तारको कार्ययोजनासमेत ३० दिनभित्र समितिमा पेस गर्नसमेत मन्त्रालयलाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ६ : ४७ बजे

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय