अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइने « Khabarhub

अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइने


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर नै मनाइने भएको छ ।

राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी प्रवर्द्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने मूल नाराका साथ यही साउन २८ गते विभिन्न कार्यक्रम गरी देशभर मनाइने भएको हो ।

यस वर्ष कोरोना भाइरस (कोभिड–१९)को कारणले वृहत कार्यक्रम नगरी भर्चुअल कार्यक्रम गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिए ।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअलबाट उद्घाटन गर्ने कार्यक्रम तय गरिएको उनले बताए ।

दिवसको अवसरमा युवा र्‍याली, अन्तरक्रिया, रक्तदान कार्यक्रम, नाटक, सरसफाइ, नीति सम्वाद, साँस्कृतिक कार्यक्रम, वृक्षरोपण, वक्तृत्वकला प्रतियोगिता युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रमजस्ता युवा लक्षित कार्यक्रम मनाउन थालिएको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालको कूल जनसङ्ख्यामध्ये ४०.३ प्रतिशत युवा रहेका छन् ।

अहिले तय गरिएको नाराले नेपालको सामाजिक साँस्कृतिक र आर्थिक गतिविधिलगायत राष्ट्रिय अभियानमा युवाको सार्थक परिचालन गरी समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय संकल्पलाई सहयोग पुर्‍याउने लक्ष्य राखिएको परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले जानकारी दिए।

नेपालमा युवा साक्षरता ७१ प्रतिशत, युवा स्वरोजगारको अवस्था ५८.८ प्रतिशत, कृषिमा संलग्न युवा ५०.५ प्रतिशत, बेरोजगार स्नातक युवा २६.१ प्रतिशत रहेका छन् भने प्रतिवर्ष पाँच लाख १५ हजार युवा श्रम बजारमा प्रवेश गर्छन् ।

युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ (साउन २८)लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।

सोही घोषणासँगै युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाउन थालिएको हो ।

नेपालमा भने सन् २००४ देखि युवाका क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्थाको आयोजनामा कार्यक्रम मनाउन थालिएको हो । दिवसमा अवसरमा युवाका क्षेत्रमा काम गरेका विभिन्न व्यक्तिलाई सम्मान समेत गरिने परिषद्का सूचना अधिकारी पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : ४३ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी