सत्याग्रहीहरुसँग भएको सहमतिमा इमान्दार बन : अध्यक्ष थापा « Khabarhub

सत्याग्रहीहरुसँग भएको सहमतिमा इमान्दार बन : अध्यक्ष थापा


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विभिन्न माग राखी लामो समयदेखि सत्याग्रहमा रहेका “इनफ इज इनफ” अभियानका अभियान्ता ईः को स्वास्थ अवस्था बारे जानकारी लिएका छन् ।

काठमाडौंको बसन्तपुर पुगेर अध्यक्ष थापाले “इनफ इज इनफ” अभियानमा पार्टीको तर्फबाट ऐक्यवद्धता समेत प्रकट गरेका छन् ।

सत्याग्रहीहरुसँग भएको सहमतिप्रति सरकार इमान्दार हुँदै तत्काल कार्यान्वयन गर्न अध्यक्ष थापाले जोड दिएका छन् ।

“इनफ इज इनफ” अभियानले आज बालुवाटार क्षेत्रमा गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको थापाले निन्दा गरे ।

संचारकर्मीहरुसँग कुरा गर्दै उनले काठमाडौं उपत्यकासँगै मुलुकका ठूला शहरहरुमा संक्रमण डरलाग्दो रुपमा देखिन थालेकोमा चिन्ता गर्दै कोरोना महामारी नियन्त्रणमा सरकार निष्प्रभावी भएको आरोप लगाए ।

थापासँग पार्टीका नेताहरु पूर्वमन्त्री विक्रम बहादुर थापा, चन्द्र बहादुर गुरुङ्ग, राजाराम बर्तौला लगायत सहभागी थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : ०२ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी