प्रधानमन्त्री रोजगार कार्यक्रम : हालसम्म ६० हजार बढीले पाए रोजगारी « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रम : हालसम्म ६० हजार बढीले पाए रोजगारी


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट हालसम्म ६० हजारभन्दा बढीले रोजगारी प्राप्त गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार उक्त कार्यक्रमबाट ६० हजार ६० जनाले रोजगारी प्राप्त गरेका छन् । सो कार्यक्रमलाई सरकारले थप व्यवस्थित गर्दै आगामी दिनमा थप नयाँ योजना र कार्यक्रमका साथ अगाडि बढाउने लक्ष्य र योजना बनाएको छ ।

विभिन्न दातृ निकायले समेत कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बेरोजगार युवालाई रोजगारी दिने नितान्त मौलिक कार्यक्रमका रुपमा सरकारले यो कार्यक्रमलाई अगाडि बढाएको छ । यस्तै श्रमिकलाई दीर्घकालीन हित गर्ने लक्ष्यका साथ अगाडि सारिएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा एक लाख ६८ हजार ८७० योगदानकर्ता आबद्ध भएका छन् ।

मन्त्री रामेश्वर राय यादवको अध्यक्षतामा यस मन्त्रालय र अन्तर्गतका निकायले आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित वार्षिक कार्यक्रम तथा आयोजनाहरुको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा उक्त विवरण पेश भएको हो ।

सो कार्यक्रममा मन्त्रालय र मातहतका विभागीय प्रमुखलगायत अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको प्रतिनिधिको समेत सहभागिता रहेको सहसचिव एवम् प्रवक्ता सुमन घिमिरेले जानकारी दिए । सो अवसरमा मन्त्रालयका वार्षिक आयोजना र कार्यक्रमको समग्र भौतिक र वित्तीय प्रगति तथा भएका मुख्य क्रियाकलापको प्रस्तुति गरिएको थियो ।

आव ०७६/७७ मा मन्त्रालयअन्तर्गत पहिलो प्राथमिकता प्राप्त आयोजनामा आठ र दोस्रो प्राथमिकता प्राप्त आयोजना तीन गरी कूल ११ परियोजना सञ्चालन गरिएको थियो । ती कार्यक्रममा कूल बजेट रु छ अर्ब ४० करोड ५२ लाख विनियोजन गरिएको थियो ।

मन्त्रालय अन्तर्गतको १४४ वटा माइलस्टोनमध्ये ८८ सम्पन्न तथा ४५ आंशिक सम्पन्न रही कूल सङ्ख्याको ७५ प्रतिशत कार्य प्रगति हासिल भएको छ । मन्त्रालयको बेरुजु फछ्र्यौट ५५।५० र गुनासो व्यवस्थापनमा ७२ प्रतिशत प्रगति भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीले टिप्पणी गर्दै रोजगारी तथा सीप विकासमा केन्द्रित रही दीर्घकालीन लक्ष्य र पन्ध्रौँ योजनाका सूचक अनुसारका रणनीति हासिल गर्न थप क्रियाशीलता आवश्यक रहेको बताए ।

अर्थ मन्त्रालयका उपसचिव दिलीपकुमार गौतमले बजेट विनियोजनअनुरुप कार्यान्वयनमा समेत नतिजामुखी हुन जरुरी रहेको बताए ।

मन्त्रालयका सचिव तोयम रायाले प्रस्तुतिका लागि धन्यवाद ज्ञापन गर्दै विगतको अनुभवका आधारमा चालू आर्थिक वर्षमा थप प्रगति हासिलका लागि दृढतापूर्वक क्रियाशील हुन निर्देशन दिए ।

समीक्षा बैठकमा मन्त्री यादवले कोरोनाको विपद्का कारण सन्तोषजनक प्रगति हासिल भएको उल्लेख गर्दै विभिन्न निकायले दिएको सुझावका आधारमा भौतिक पूर्वाधार, जनशक्ति, विधि र प्रविधिमा सुधार गरी आगामी दिनमा कार्य सम्पादन गरिने बताए ।

उनले रोजगारी व्यवस्थापन, श्रम सम्बन्ध विकास तथा सामाजिक सुरक्षाका दायरा बढाउने गरी समन्वयात्मक रुपमा कार्यतालिकासहित परिणाममुखी कार्यान्वयनमा सक्रिय रहन मातहका निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १० : ५२ बजे

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको